Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच शिष्टाचार भेटवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच शिष्टाचार भेटवार्ता

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच शिष्टाचार भेटवार्ता
images
पोखरा । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेटवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताउनुभयो ।
 
सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण हिमाल समेत सफलतापुर्वक अरोहण गरिसकेकी थिइन । पछिल्लो पटक सन १९९२ मा कन्चनजंगा हिमाल आरोहण गर्ने क्रममा उनि हराउन पुगिन् ।
 
रुटकिविजलाई पोल्याण्डको सरकारले आउट स्टान्डिङ् पोलिसी विमनको रुपमा घोषणा गरेको छ । रुटकिविज हराएको ३० वर्षपछि आगामी अक्टुवर महिनामा पोखरामा उनको स्मृति कार्यक्रम गर्ने तयारी गरिएको राजदुत बुराकोव्स्कीले बताउनुभयो । अन्नपुर्ण हिमाल समेत आरोहण गरेकी शाहसी महिला रुटकिविजको सम्झानामा आयोजना गरिने सो कार्यक्रम पोखरामा गर्न आफुले सहमति दिएको महानगरका प्रमुख आचार्यले बताउनुभयो ।

साथै उहाँहरु बिच पोखराको पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु पोखरामा आउने गरेपनि राजदुत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो । राजदुत बुराकोव्स्कीले पोखरा आफुलाई निकै मनमोहक लागेको प्रतिक्रिया दिनुभएको छ । पोखराको पर्यटन प्रवद्र्धनमा थप समन्वय गर्ने राजदुत बुराकोव्स्कीको भनाई छ । यस्तो प्रकारको शिष्टाचार भेतवार्ताले अनुभव आदानप्रदानका साथै विकास र प्रवद्र्धनमा नयाँ आयामहरु थप्न सघाउ पुग्ने प्रमुख आचार्यको विश्वास छ ।

पोखरामा सम्पन्न भेतवार्तामा नेपालका लागि गणतन्त्र पोल्याण्डका अवैतनिक महावाणिज्यदुत लोकमान्य गोल्छाको सहभागीता रहेको थियो ।
 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०८:१३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology