Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाका दुईसहित तीन गुरुङ युवाहरुद्वारा माउन्ट केटूको सफल आरोहण

गोरखाका दुईसहित तीन गुरुङ युवाहरुद्वारा माउन्ट केटूको सफल आरोहण

images

केशव गुरुङ

२१, श्रावण २०७९
गोरखाका दुईसहित तीन गुरुङ युवाहरुद्वारा माउन्ट केटूको सफल आरोहण
images

गोरखा । गोरखा दुई जना र संखुवासभाका एक जना युवाले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू सफल आरोहण गरेका छन् । धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका पुर बहादुर गुरुङ (युक्त), सुमन गुरुङ र सखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं ४ का रमेश गुरुङले सयुक्त रुपमा माउन्ट केटूको सफल आरोहण गरेका हुन् ।

उनीहरुले गत जुलाई २२ गतेको विहान पाकिस्तानमा रहेको विश्वको दोस्रो माउन्ट केटू को सफल आरोहण गरेका हुन् । ८६११ मिटर अग्लो माउन्ट केटू पाकिस्तान र चीनको सिमाना काराकोरम रेन्जमा रहेको छ ।

साभेज माउन्टेन अर्थात पलपलमा मारिन सक्ने खतरनाक हिमालको उपमा पाएको माउन्ट केटू अन्य हिमालको तुलनामा बढी जोखिमपूर्ण मानिन्छ । हिमालयको यात्रा त्यसै पनि सधै जोखिपूर्ण हुने गर्दछ । अत्यन्तै कठिन भूगोलका बाबजुद जोखिमपुर्ण यात्रालाई पार गर्दै नेपालका तीन जना युवा माउन्ट केटूको शिवरमा पुग्न सफल भएको हो ।

‘हिमाल चढ्दा जहिले पनि रिस्क हुन्छ । अन्य हिमालको तुलनामा माउन्ट केटू डिफरेन्स छ । क्लाइम्बरहरुलाई पनि अन्य हिमालमा भन्दा यसमा बढी रिस्क हुन्छ तर पनि हामी सफलतापुर्वक हिमाल आरोहण गर्न सफल भयौ, सारै खुसी लागेको छ’ आरोही पुरबहादुर गुरुङले भने ।

गुरुङ समुदायबाट पहिलो पटक तीन जना युवाहरु माउन्ट केटूको शिखरमा पुगेको उनल बताए । ३४ जनाको ग्रुपको नेतृत्व गर्दै उनीहरु माउन्ट केटूको शिवरमा पुगेको हुन् । उनीहरु समूह बेलायत, अमेरिका, कतार, वंगलादेश लगायतका देशका नागरिकहरु थिए ।

आरोही सुमन गुरुङ गण्डकी अल्पाइन क्लवका उपाध्यक्ष हुन भने पुर बहादुर गुरुङ कोषाध्यक्षमा हुन् । गण्डकी प्रदेशको पर्वतारोहण क्षेत्रको विकास गर्ने उद्देश्यले आरोही तथा आरोहण संञ्चालकहरु रहने गरी सो क्लव गठन गरिएको थियो ।

त्यस्तै, युक्त गुरुङले पाकिस्तानमा रहेको आठ हजार ५१ मिटर ब्रोड पिक हिमाल सफल आरोहण गरेका छन् । गत जुलाई २७ मा उनले सो हिमाल आरोहण गरेका हुन् । ३३ वर्षीय गुरुङले विश्वको अग्लो सगरमाथा हिमाल ६ पटक सम्म आरोहण गरिसकेको छन् । केही समय पहिले उनले १५ दिनको अन्तरमा दुई पटक सगरमाथा आरोहण गरेका थिए ।

गुरुङ समुदायबाट उनी हाल सम्म सबै भन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । उनले सगरमाथा सँगै गुरुङले गोरखामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल र सोलुखुम्बुमा रहेको छ हजार आठ सय १२ मिटरको आमादब्लम हिमाल चढिसकेका छन । यीबाहेक उनले हालसम्म छ हजार भन्दा माथिका दुई दर्जन भन्दा बढी हिमाल चढिसकेको उनले बताए । उनी अव गोरखाको मनास्लु हिमाल आरोहणको तयारीमा छन् ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - १०:०८:५५ बजे

केशव गुरुङ

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology