Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको छेवेटार असोज ३ गतेदेखि ‘दशै रमाइलो मेला २०७९’ संचालन हुने

गोरखाको छेवेटार असोज ३ गतेदेखि ‘दशै रमाइलो मेला २०७९’ संचालन हुने

images

इच्छाकामना न्युज

३०, श्रावण २०७९
गोरखाको छेवेटार असोज ३ गतेदेखि  ‘दशै रमाइलो मेला २०७९’ संचालन हुने
images

गोरखा । गोरखा सदरमुकामको छेवेटार बजारमा ‘दशै रमाइलो मेला २०७९’ हुने भएको छ । मेलाको आयोजना गोरखा तामाङ समाजले गरेको हो ।

समाजले आज पत्रकार सम्मेलन गर्दै तामाङ र अन्य जातीको संस्कृतीको प्रर्दशन हुने गरी मेलाको आयोजना गरिएको समाजका अध्यक्ष बुद्वदोङ तामाङले जानकारी दिए ।

समाजले पहिलो पटक आयोजना गरेको मेला छेवेटार बजारको बरबरेचौरमा हुने र १४ दिनसम्म चल्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।

असोज ३ गतेदेखी १६ गतेसम्म चल्ने मेलामा विभिन्न जात जातीको झाकीका साथै खाना तथा स्थानिय उत्पादनको स्टल समेत हुने आयोजक गोरखा तामाङ समाजले जनाएको छ ।

मेलामा १०० भन्दाबढी स्टल रहने पनि आयोजकले जानकारी गराएको छ । मेला अवधीभर १५ हजार दर्शकहरुले अवलोकन गर्ने मेलामा ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।

 

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - १९:५१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology