Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामना विशेष

भारत सरकारको सहयोगमा निर्मित मुग्लिनको त्रिवेणी बराह माविको भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्मित मुग्लिनको त्रिवेणी बराह माविको भवन उद्घाटन

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
भारत सरकारको सहयोगमा निर्मित मुग्लिनको त्रिवेणी बराह माविको भवन उद्घाटन
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन स्थित त्रिवेणी बराह माध्यामिक विद्यालयको भवन उद्घाटन गरिएको छ । भारत सरकारको सहयोगमा करिब ७ वर्ष अघि निर्माण सम्पन्न गरिएको २४ कोठे तीन तले भवनको आज उद्घाटन गरिएको हो।

IMG_5323.jpg

नवनिर्मित भवनको प्रमुख अतिथि बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठ र विशिष्ट अतिथि भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रुपमा उद्घाटन गरे।

IMG_5274.jpg

भवन उद्घाटन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूती मन्त्री मिलनबाबु श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर वृद्वीको लागि सबै सहयोग गर्न आफु तयार रहेको बताए । उनले भने ‘विद्यालयको भवन निर्माण मात्र भएर हुदैन विद्यालय शैक्षिक गुणस्तर वृद्विको लागि पनि सबै मिलेर अगाडी बढ्नुपर्छ, त्यसका लागि म सदैव तपाईहरुसँगै छु।’ सम्बोधनकै क्रममा मन्त्री श्रेष्ठले भारतीय महावाणिज्य दुतावाससँग विद्यालयलाई आवश्यक होस्टेल र बसको व्यवस्थाको लागि आफुले कुरा गरिरहेको बताए।

IMG_5307.jpg

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले विद्यालयले अब शैक्षिक गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए। त्यसका लागि स्थानीय सरकार सधै सबै सहयोग गर्न तत्पर रहेको बताए। यस्तै विद्यालयलाई आवश्यक विद्यार्थी बस खरिदको लागि गाउँपालिकाले यसै आर्थिक वर्षमा ५० प्रतिशत अनुदान रकम विनियोजन गरिएको पनि अध्यक्ष गुरुङले जानकारी दिए।

IMG_5291.jpg

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि भारतीय महावाणिज्यदूत नितेश कुमारले विद्यालयमा नयाँ भवन निर्माण भएसँगै ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन टेवा पु¥याउने अपेक्षा लिएको बताए। 

IMG_5299.jpg

भारत नेपाल विकास सहयोग अन्तर्गत निर्मित भवनको २०६८ जेठ २२ गते च्याङ्गमीला–विरुवा–सुन्दरी जेभी कम्पनीले निर्माण गरेको थियो। सुरु लागत ४ करोड १५ लाख रहेको भवनको बोलपत्र मार्फत कम्पनीले २ करोड ९४ लाखमा निर्माण गर्ने सम्झौता गरेको थियो । सोहि बमोजिम कम्पनीले २०७१ साल चैतमा भवनको निर्माण सम्पन्न गरेको थियो।

IMG_5322.jpg

भवन निर्माण सम्पन्न पश्चात उतिबेलै उद्घाटन हुनुपर्नेमा २०७२ सालको वैशाख १२ गते आएको विनाशकारी भूकम्प र तत्पश्चात २०७६ सालमा आएको कोरोना महामारीको कारण भवन उद्घाटनमा ढिलाई भएको शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख प्रकाश अर्यालले बताए।

IMG_5247.jpg

कार्यक्रममा विद्यालयका तात्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम त्रिपाठीलाई सम्मान समेत गरिएको थियो।

IMG_5296.jpg

भवन उद्घाटन कार्यक्रमको सभापतित्व विद्यालयका पदेन सदस्य एवं इच्छाकामना गाउँपालिका ५ का वडाध्यक्ष तेज बहादुर शेरचन रहेका थिए भने स्वागत मन्तव्य विद्यालयका प्राध्यानाध्यापक युवराज लामा र सहायक प्रध्यानाध्यापक शंकर सिलवालले कार्यक्रम संचालन गरेको थियो।

IMG_5248.jpgIMG_5311.jpgIMG_5253.jpg

IMG_5313.jpg

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १९:५७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology