Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू विद्यार्थी छोंज धीं गोरखाको अध्यक्षमा मनोज गुरुङ

तमू विद्यार्थी छोंज धीं गोरखाको अध्यक्षमा मनोज गुरुङ

images

इच्छाकामना न्युज

४, भाद्र २०७९
तमू विद्यार्थी छोंज धीं गोरखाको अध्यक्षमा मनोज गुरुङ
images

गोरखा । नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धि गोरखाको नयाँ कार्य समिति गठन गरिएको छ । गोरखा सदरमुकाममा शुक्रबार सम्पन्न भएको समितिको चौथो अधिवेशनबाट मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा पवन गुरुङ, प्रेमा गुरुङ, सचिवमा राजन गुरुङ, सहसचिवमा देवी गुरुङ र कोषाध्यक्षमा अन्जना गुरुङ चयन भएका छन् ।

समितिको सदस्यहरुमा कुमारी गुरुङ, चाँदनी गुरुङ, अनिशा गुरुङ, उबेशी गुरुङ, सर माया गुरुङ, विवर गुरुङ, धनु गुरुङ, विशाल गुरुङ र लालमान गुरुङ रहेका छन् । सम्पूर्ण तमू विद्यार्थीहरु एकजुट हौँ भन्ने नारा लिएर समिति गठन गरिएको हो ।

नेपाल तमू(गुरुङ)विद्यार्थी छोँज धीं कार्यबाहक अध्यक्ष राजन गुरुङको अध्यक्षता तथा तमूह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष रामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू विद्यार्थी छोँज धिका महासचिव पूर्ण बहादुर तमु, नेपाल विद्यार्थी छोँज धी तीन नम्बर प्रदेशका पवन तमू, तमूह्युला छोधी गुरुङ राष्ट्रिय परिषदका सदस्य शुक बहादुर तमू लगायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - ११:१८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology