Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तमू सञ्चारकर्मी संघ चितवनको कार्यालय स्थापना, तमू ह्युल छोंज धींका अध्यक्ष कर्ण गुरुङद्वारा उद्घाटन

तमू सञ्चारकर्मी संघ चितवनको कार्यालय स्थापना, तमू ह्युल छोंज धींका अध्यक्ष कर्ण गुरुङद्वारा उद्घाटन

इच्छाकामना न्युज

६, भाद्र २०७९
तमू सञ्चारकर्मी संघ चितवनको कार्यालय स्थापना, तमू ह्युल छोंज धींका अध्यक्ष कर्ण गुरुङद्वारा उद्घाटन
images

चितवन । तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको कार्यालय उदघाटन गरेको छ । सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ र बागमती प्रदेश सभा सदस्य रीना गुरूङको उपस्थितिमा महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू संग्रहालय भवनमा तमू ह्युल छोँज धीँ चितवनले उपलब्ध गराएको कार्यालयको उद्घाटन गरिएको हो ।

images
images

300044954_438842338179871_8570947255322528402_n.jpg 

चितवनमा गुरूङ समुदायबाट सञ्चारकर्ममा आवद्ध व्यक्तिहरू संगठित भएपछि समितिलाई थप चलायमान बनाउनको लागि ह्युल छोँज धीँ चितवनले कार्यालयको लागि एउटा कोठा निःशुल्क रूपमा उपलब्ध गराएको हो । 

चितवनमा पनि बिस्तारै तमू समुदायको कार्य क्षेत्र फराकिलो बन्दै गएको भन्दै तमू ह्युल छोँज धीका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले उनीहरूको संरक्षण र विकासको लागि गुरूङ जातिको हरेक संघसंस्थाले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । दबिएर रहेका आवाजलाई सार्वजनिक गराउनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै आवाजविहीनहरूको आवाजलाई बाहिर ल्याउनेलाई समुदायस्तरबाटै सहयोगको आवश्यक पर्ने उनले बताए । 

300392807_3394516434164225_5575160633684777555_n.jpg

बागमती प्रदेश सभा सदस्य रीना गुरूङले भने पछिल्लो समय गुरूङसहित समग्र आदिवासी जनजाति समुदायबाट पत्रकारिता क्षेत्रमा सक्रिय हुनेको संख्या बढ्दै गएकोले समग्र आदिवासी जनजाति समुदायले अधिकार प्राप्त गर्न सफल भएको बताइन् । 

प्रदेश सांसद गुरूङले चितवनका तमू सञ्चारकर्मीको लागि देखाएको सदासयताले गुरूङ समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको आत्मबल बढेको तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङले बताए । ‘भर्खरै जन्मिँदै गरेको संस्थालाई यति ठूलो सहयोग पाउनु भनेको नसोचेकै विषय हो,’ उनले भने, ‘सञ्चारकर्मी संघको लागि स्थापित अक्षयकोषले तमू सञ्चारकर्मीमा थप उर्जा बढेको छ ।’ 

300220380_588950489432950_7113019799773473708_n.jpg

कार्यक्रममा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङ, तमू सञ्चारकर्मी संघका केन्द्रीय सचिव चित्रबहादुर गुरूङ, तमू ह्युल छोँज धीँ बागमती प्रदेश संयोजक एवम् चितवन जिल्ला अध्यक्ष गणेशबहादुर गुरूङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष राजेश रूम्बा, चितवन जिल्ला अध्यक्ष रमेश रानामगर, बौद्ध धर्म सेवा समिति चितवनकी अध्यक्ष विमला गुरूङ, तमू प्ये ल्हु संघ महिला समितिकी अध्यक्ष इन्द्रकुमारी गुरूङ, तमू नगर गुठी भरतपुरका अध्यक्ष पूर्णबहादुर गुरूङ, तमू प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष आशिष गुरूङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - २१:२६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology