Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

झापाको उत्तरी चुरे क्षेत्रका बासिन्दा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै 

झापाको उत्तरी चुरे क्षेत्रका बासिन्दा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै 

इच्छाकामना न्युज

२२, भाद्र २०७९
झापाको उत्तरी चुरे क्षेत्रका बासिन्दा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै 
images

शुष्मा राजवंशी, झापा । विकसित मानिएको पूर्वको झापाका नागरिक पिउने पानीको अभाव झेल्न बाध्य भएका छन् । झापा मेचिनगरका उत्तरी चुरे क्षेत्रका जनता शुद्ध पिउने पानीबाट बञ्चित भएका हुन् । झापा मेचीनगरको उत्तरी, चुरे क्षेत्रका स्थानीयका घरमा खानेपानीको स्रोत इनार भए पनि पानीको सतह निकै गहिरो छ ।

images
images

त्यहाँबाट पानी निकाल्न विद्युतीय मोटर नै चलाउनुपर्ने अवस्था रहेको मेचीनगर ४ का भीमप्रसाद बास्तोलाले गुनासो गर्नुभयो । मेचिनगर वडा नम्बर १, २, ३ र ४ का अधिकांश स्थानीयवासीले इनारकै पानी प्रयोग गर्ने गरेका छन् । तर कतिपय घरमा इनार नभएकाले खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।

मेचिनगर–२ का वडाध्यक्ष दीपक बरालले खानेपानीको समस्या समाधानमा पहल गरिरहेको बताउनुभयो । तर स्थानीय सरकारको पहलमा मात्रै खानेपानीको समस्या समाधान हुने अवस्था छैन ।

समस्या समाधानका लागी अहिले नेपाल सरकार, काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र स्थानीयको त्रिपक्षिय सह–लगानीमा साढे ४ लाख लिटर क्षमताको खानेपानीको योजना निर्माणको काम धमाधम भईरहेको छ । झापाको उत्तरी चुरे क्षेत्रका बासिन्दाले वर्षौँदेखि पानीको समस्या झेल्दै आएका छन् । 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:३२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology