Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस तनहुँमा भव्य मनाईयो

अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस तनहुँमा भव्य मनाईयो

इच्छाकामना न्युज

१७, मंसिर २०७९
अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस तनहुँमा भव्य मनाईयो
images

तनहुँ । अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ।

images
images

20221203_145826.jpg

व्यास नगर प्रमुख श्री बैकुण्ठ न्यौपाने ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि व्यास नगर उपप्रमुख श्री इन्दिरा दरै, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख श्री विक्रम सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी, व्यास नगरपालिकाका जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्ले, गैरसरकारी संस्था महासंघ तनहुँको सचिव सरिता भण्डारी, अपाङ्गता अधिकारकर्मी मदन पौडेल लगायतका वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो अधिकार र विकासका लागि एकजुट भएर सशक्त ढंगले अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

20221203_141629.jpg

उक्त कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँ बाट ‘हाम्रो पनि कुरा छड शिर्षकमा सडक नाटक प्रस्तुत गरेका थिए भने बौद्धिक अपाङ्गता र बहिरा विद्यार्थीहरु बिच छुट्टाछुट्टै बेलुन फुटाइ र घैटे फुटाइ प्रतियोगिता गरिएको थियो ।

मुल समारोह समितिको संयोजक एवम् रिसेडका अध्यक्ष पदमबहादुर परियारको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदीले  स्वागत तथा बहिरा संघको अध्यक्ष राजन रानाभाट र कोशिस का कार्यक्रम संयोजक महेन्द्र आचार्यले शुभकामना र  तनहुँ नेत्रहीन संघका अध्यक्ष चिन बहादुर कुमाल ले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद  व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन मुल समारोह समितिको सदस्य एवम् सहृदयी मञ्च तनहुँ नेपालको सचिव कृष्ण थापाले गरेकि थिइन ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २२:००:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology