Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लोकदोहोरी गायक भीम पोडेलको निधन

लोकदोहोरी गायक भीम पोडेलको निधन

इच्छाकामना न्युज

१३, माघ २०७९
लोकदोहोरी गायक भीम पोडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन् । उनको घरमै निधन भएको हो । 

images

“लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्,” लोक  अध्यक्ष विजी भन्छन्, “उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ । राम्रो प्रतिभा भएको मान्छे हो ।”

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् ।

“भीम शालिन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो,” उनले भने । 

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०८:२९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology