गोरखा – जिल्लाको गण्डकी गाउँपालिकाले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई अनुदान दिने भएको छ । गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको हो ।
पालिकाले अनुदानका लागि आर्थिक बर्ष २०७९ /८०का लागि रु ८ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकारले इच्छाकामना न्युजलाई बताए । गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, कृषक जग्गा भाडा अनुदान कार्यक्रमको परिधिमा रहि कृषि उत्पादन गरिएका प्रति रोपनी रु ३ हजारका दरले अनुदान प्रदान गरिने छ। गाउँपालिकाका अनुसार जग्गा भाडामा लिएर तरकारी खेती गरेका निम्न आयस्रोत भएकालाई प्राथमिकता दिइने छ ।