Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जानकीमन्दीर सौन्दर्यीकरणको काम ८० प्रतिशत पूरा 

जानकीमन्दीर सौन्दर्यीकरणको काम ८० प्रतिशत पूरा 

सिआईएन

१, माघ २०७७
जानकीमन्दीर सौन्दर्यीकरणको काम ८० प्रतिशत पूरा 

श्रीकान्तझा, जनकपुरधाम, १ माघ । जानकीमन्दीर सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको लगानीमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत भइरहेको सौन्दर्यीकरणको काम करिव ८० प्रतिशत पूरा भएको हो। 
योजना अन्तर्गत मन्दीरको प्राङ् गनमा ग्रेनाइट लाइट जडान भएको छ । हिजो मुख्यमन्त्री लालबाबु राउतले लाइटको उद्घाटन गर्नुभयो । परियोजनाका संयोजक भगवान झाका अनुसार २०७५ मंसिरदेखि सुरु भएको सौन्दर्यीकरण माघसम्म सम्पन्न गर्ने लक्ष्यलिइएको छ । 
कुल ६ लाख ७५ हजार बजेटमा सौन्दर्यीकरण अन्तर्गत तीन वटा प्रवेशद्वारको मर्मत सम्भार, मन्दीर परिसर भित्रमार्बल, ग्रेनाइट लाईट एवं जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्वारमा चरण गंगा निर्माण गर्ने सम्झौता भएको छ । अन्डर ग्राउण्ड ढल व्यवस्थापन, रमणीय पार्क र ईनार व्यवस्थापन लगायतको काम पनि भइरहेको छ । 
सौन्दर्यीकरणको कामअन्तिम चरणमा पुगेको भन्दै माघ १५ गतेसम्म सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । 

images

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:३२:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology