Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी

इच्छाकामना न्युज

२९, फाल्गुण २०७९
मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी

चितवन । पूर्वीचितवनको रत्ननगरपालिका–६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी चयन भएका छन् । चौधरी यस अघि दुइ पटकसम्म उपाध्यक्ष रही कार्य गरेका थिए ।

images

आज (सोमबार) चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा रोजनाथ पाठक, सचिवमा खगराज रिजाल, कोषाध्यक्षमा सरस्वती सापकोटा रिजाल चयन भएका छन् । 

यस्तै सदस्यहरुमा कृष्णप्रसाद सापकोटा, पवन सुवेदी, पार्वती उपाध्याय पौडेल, भुमिसर ढुंगाना, मनुमाया वि.क., सरस्वती सेढाई र सीता दवाडी चयन भएका छन् ।

यसैगरि लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा सागर मिश्र, सदस्यमा मनबहादुर थापा मगर चयन भएका छन् ।नव निर्वाचित कार्यसमितिले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - २०:४७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology