Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा कालिका नगर अस्पतालको मेयर श्रेष्ठद्वारा उद्घाटन, भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको भनाई

चितवनमा कालिका नगर अस्पतालको मेयर श्रेष्ठद्वारा उद्घाटन, भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको भनाई

चितवनमा कालिका नगर अस्पतालको मेयर श्रेष्ठद्वारा उद्घाटन, भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको भनाई

चितवन, २ माघ 

images

चितवनको कालिका नगरपालिकामा शुक्रवार नगर अस्पताल उद्घाटन गरिएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा मेयर खुमनारायण श्रेष्ठले शक्रवार अस्पतालको उद्घाटन गरेका छन । सो अबसरमा उनले अस्पतालको सेवा सुचारु भएसंगै उपचारका लागि भरतपुर धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

मेयर श्रेष्ठले १५ शैयाबाट सुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शैयाको बनाएर डाक्टर र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । हाम्रा नगरबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्छ मेयर श्रेष्ठले भने उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्ने छ ।२०४९ सालमा स्थापना गरिएको जुटपानी स्वास्थ्य चौकीको २०६३ सालमा स्तरोउन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नती भएसंगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवा सहित आकस्मिक सेवा,इसीजी सेवा,फार्मेसी सेवा,एक्सरे सेवा,प्रयोग शाखा सेवा थप गरिएको छ ।

चौविसै घण्टा विरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्था सहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । सो अस्पतालमा ४ जना विशेषज्ञ डाक्टर सहित ३४ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नेछन । केही दिनमै प्रयोगशालामा थाइराइटको परीक्षण,भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए । अस्पतालका प्रमुख डा.जीवन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु विनोद रेग्मी,हिराबहादुर गुरुङ लगायत स्थानीय राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १९:१०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology