Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

हेटौंडाको एक गेष्ट हाउसमा प्रहरीले छापा मार्दा चितवनकी युवतीसहित ७ जना पक्राउ

हेटौंडाको एक गेष्ट हाउसमा प्रहरीले छापा मार्दा चितवनकी युवतीसहित ७ जना पक्राउ

इच्छाकामना न्युज

१, श्रावण २०८०
हेटौंडाको एक गेष्ट हाउसमा प्रहरीले छापा मार्दा चितवनकी युवतीसहित ७ जना पक्राउ
images

हेटौंडा । मकवानपुरको एक होटलमा प्रहरीले छापा मारेको छ । प्रहरीले हेटौंडा १० बसपार्क टीसीएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गेष्ट हाउस सञलक हेटौंडा २ बस्ने ४१ वर्षीय विक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

images
images

पक्राउ पर्ने युवतीहरुमा हेटौंडा १ चाईना क्वाटर २६ वर्षीया प्रमिला लामा, हेटौंडा ११ थानाभर्याङ बस्ने २२ वर्षीया पुजा लामा, भीमफेदी २ की २३ वर्षीया ममता लामा, सुनसरी ईटहरी नगरपालिका १० बस्ने २१ वर्षीया विनिता राई, धरान उपमहानगर-१० बस्ने २० वर्षीया सुवर्ण राई, चितवन भरतपुर महानगर ११ बस्ने २१ वर्षीया आशु दराई र ईलाम माई नगरपालिका ८ बस्ने २६ वर्षीया मन्जिला शेर्पा रहेकी छन् ।

गेष्ट हाउसमा हो-हल्ला भएपछि त्यहाँका स्थानीयले प्रहरी बोलाएर घटनाका बारेमा जानकारी गराएपछि प्रहरीले गेष्ट हाउसमा पुगेर सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी कार्कीले बताए ।

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २२:२८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology