Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर गाउँपालिका द्वारा रामकोटका जेष्ठ नागरिकहरुलाइ गाउँमै स्वास्थ्य सेवा प्रदान 

बन्दीपुर गाउँपालिका द्वारा रामकोटका जेष्ठ नागरिकहरुलाइ गाउँमै स्वास्थ्य सेवा प्रदान 

इच्छाकामना न्युज

९, आश्विन २०८०
बन्दीपुर गाउँपालिका द्वारा रामकोटका जेष्ठ नागरिकहरुलाइ गाउँमै स्वास्थ्य सेवा प्रदान 
images
तनहुँ । बन्दीपुर गाउँपालिका स्थित वडा नं. ३ रामकोटमा जेष्ठ नागरिकहरुलाइ स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाको बार्षिक स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नं. ३ रामकोटबाट पहिलोपटक जिल्लामै यो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सरेन्द्र बहादुर थापाले बताए । कार्यक्रममा गरि हरेक महिनाको एक पटक गाउँ गाउँमा मेडिकल अफिसर सहित स्वास्थ्य टोली पुगी स्वास्थ्य सेवा बाट बन्चीत जेष्ठ नागरिक लगायतको स्वास्थ्य परिक्षण  गरिने भएको छ ।
 
सोमबार बन्दीपुर अष्पताललका मेडिकल अफिसर डा. केवीनच पौडेल सहित स्वास्थ्यकर्मी रामकोट पुगेका थिए । जेष्ठ नागरिक लगायत करिव ७८ जनाले स्वास्थ्य लाभ लिएका थिए ।  कार्यक्रममा स्वास्थय परामर्श आँखा जाँच डेंगी नियन्त्रण सम्बन्च्धी सचेतनमुलक अभियान गरिूएको थियो । 
 
बन्दीपुर गाउँपालिका  वडा नं. ३ का अध्यक्ष परमेश्वर भट्टराइको अध्यक्षतामा सम्पन्न  भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सरेन्द्र बहादुर थापा प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष  पंचमायाँ गुरुङ बिशेष अतिथि रहेकी थिइन ।  यस्तै कार्यक्रम संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइ ले गरेका थिए। 

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १०:१४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology