Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर गाउँपालिकाको ‘घुुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु

बन्दीपुर गाउँपालिकाको ‘घुुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु

रासस

१२, पौष २०८०
बन्दीपुर गाउँपालिकाको ‘घुुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु
images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो ।

images
images

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्¥याउन अभियान सुरु गरिएको जानकारी दिनुभयो । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गर्नेछन् ।

अभियानअन्तर्गत अध्यक्ष थापाको नेतृत्वमा टोली बुटवल पुगेको छ । बुटवलमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्दै घुम्नका लागि निम्तो दिने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, “देशका प्रमुख सहरमा पुगेर घुम्न जाऔँ बन्दीपुरको प्रचारप्रसार गर्छौं । यसले गर्दा बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।”

पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यसको थप प्रचारप्रसार गर्न आवश्यक रहेकाले यो अभियान सुरु भएको हो ।”

होटल व्यवसायी वैश गुरुङले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो अभियान कोसेढुङ्गा हुने बताउनुभयो । गाउँपालिकाका पर्यटन शाखाका सुरोज भट्टराईका अनुसार देशका प्रमुख सहरमा यो अभियान सञ्चालन हुनेछ । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवद्र्धनका कार्य प्राथमिकताका साथ अगाडी बढाइने गाउँपालिकाले जनाएको छ । बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताउनुभयो । बन्दीपुर गाउँपालिकाका छवटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकीयस्थलको सम्वद्र्धन र प्रवद्र्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको छ । ” गाउँपालिकाभित्र रहेका घरबास ९होमस्टे०को विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिइएको छ । गाउँपालिकाभित्र जीप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उहाँको भनाइ छ ।

पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताउनुभयो । होमस्टेको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी ‘होमस्टे सर्किट’को विकास गर्ने नीति गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचारप्रसार गर्ने लक्ष्य राखेको छ । बन्दीपुर बजारलाई थप आकर्षक बनाइने र यसलाई पौराणिक सहरको रुपमा विकास गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

बन्दीपुरका मुख्य बजार क्षेत्र संरक्षित क्षेत्र घोषणा भएको र यहाँ घर निर्माण गर्दा मौलिकता झल्किने खालको हुनुपर्ने नीतिलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । सहासिक, धार्मिक र एग्रो टुरिजमसमेत सम्भावना भएकाले सोका लागि कार्यक्रम बनाउने र समग्र बन्दीपुरको जनजीवन, भाषा, कला, संस्कृति, वेशभूषा, चाडपर्व, रहनसन र रीतिरिवाज झल्कने सङ्ग्रहालय निर्माणको प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

मुकुन्देश्वरी पदमार्गको निर्माणलाई निरन्तरताका साथ थप विस्तार गर्दै हाफ म्याराथन र साइक्लिङिजस्ता पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम सञ्चालन गर्ने, बन्दीपुरको छिम्केश्वरी माइको दर्शनका लागि विशेष कार्ययोजना बनाई प्याकेजको रुपमा अगाडि बढाउन नीति क्षेत्रलाई प्रोत्साहन गरिने अध्यक्ष थापाले बताउनुभयो । 

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - ११:४१:०६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology