Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर गाउँपालिकाले सुरु गर्यो अपाङ्गता परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

बन्दीपुर गाउँपालिकाले सुरु गर्यो अपाङ्गता परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

इच्छाकामना न्युज

२४, पौष २०८०
बन्दीपुर गाउँपालिकाले सुरु गर्यो अपाङ्गता परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम
images

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले ‘ग र घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर बन्दीपुर गाउँपालिकाले ‘ग र घ’ वर्गका अपाङ्गता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरूको नि शुल्क स्वास्थ्य बिमा गाउँपालिकाले नै गरिदिन थालेको हो ।

क र ख बर्गाका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा संघ र प्रदेश सरकारले गरिदिएपनि ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तीहरुको नि शुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

चालु आर्थिक वर्षमा ‘ग र घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको लागि ६ लाख रूपैयाँ बजेट विनियोजन भएको र यसबाट करिव १७० परिवारले निःशुल्क स्वास्थ्य बिमाको लाभ दिने गाउँपालिका अध्यक्ष थापाले बताए ।

images
images

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - २२:३३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology