Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनका एसपी नान्तीराज गुरुङको सरुवा, एसपी ओमप्रसाद अधिकारी चितवन आउने

चितवनका एसपी नान्तीराज गुरुङको सरुवा, एसपी ओमप्रसाद अधिकारी चितवन आउने

इच्छाकामना न्युज

२७, माघ २०७७
चितवनका एसपी नान्तीराज गुरुङको सरुवा, एसपी ओमप्रसाद अधिकारी चितवन आउने

काठमाण्डौ, २७ माघ । नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुख सहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

images

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवाको निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ ।

जिप्रका चितवनमा एसपी ओमप्रसाद अधिकारीलाई पठाइएको छ । उनी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।

यस्तै दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं.२, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।

यस्तै १६ जना एसपीको पदस्थापन गरिएको छ भने ६ जना डीएसपीको सरुवा गरिएको छ । अछामको प्रहरी प्रमुखमा डीएसपी तुलसीराम अर्याल र ताप्लेजुङमा बालनरसिंह राणालाई पठाइएको छ ।

यस्तै डीएसपी कोमल शाहलाई नगर प्रहरी कार्यालय, रामहरि पाण्डेलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण, नरहरि रेग्मीलाई प्रहरी वृत्त ठिमी र मनोहरप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुला सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २१:५२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology