जनकपुर, २८ माघ । प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
गत ३ कात्तिकमा यो विधेयक प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश सभाबाट पारित भएर १६ कात्तिकमा प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको विधेयक प्रमाणीकरण भएको उक्त कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको रुपमा परियार आएपछि यो सहित १७ वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेशमा जम्मा प्रमाणीकरण भएको विधेयकको संख्या भने ३९ पुगेको छ ।