Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भरतपुरको ‘सिक्स लेन’ सडक विस्तारको काम सकियो, उद्‍घाटनका लागि चैत २५ मा प्रधानमन्त्री ओली चितवन आउने

भरतपुरको ‘सिक्स लेन’ सडक विस्तारको काम सकियो, उद्‍घाटनका लागि चैत २५ मा प्रधानमन्त्री ओली चितवन आउने

इच्छाकामना न्युज

२२, चैत्र २०८१
भरतपुरको ‘सिक्स लेन’ सडक विस्तारको काम सकियो, उद्‍घाटनका लागि चैत २५ मा प्रधानमन्त्री ओली चितवन आउने
images

चितवन । चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ‘सिक्स लेन’ सडक विस्तारको काम सकिएको छ । एसियन मापदण्डको हाइवे अन्तर्गत यो सडकखण्डको काम सकिएसँगै भरतपुर-नारायणगढ सडक क्षेत्र चिटिक्क देखिएको छ । सडकको चैत २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले २०७७ माघ १७ गते एकैदिन पुलचोक–गोन्द्राङ सडक विस्तार र सिटी हलको शिलान्यास गरेका थिए ।

images
images
सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको काम गत २८ पुसमा सकिएको जनाएको छ । सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सडक विस्तारको काम विभिन्न अवरोधका बाबजुद पनि सम्पन्न भएको बताए । निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो । सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।
 
 

images
प्रकाशित मिति :चैत्र २२, २०८१ शनिवार - ०९:२८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology