Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

‘आत्मिक असन्तुलन’

‘आत्मिक असन्तुलन’

बि.बि. श्रेष्ठ

१५, फाल्गुण २०७७
‘आत्मिक असन्तुलन’

गतिशिलताको यो वृहतता भित्र भौतिकता घुलन जस्तै मस्तिष्कमा आत्मिक सन्तुलनको गति कसरी मापन होला ? सोचको विविधतामा हुने अस्वाभाविक परिवेशले जीवन नै धर्मराउने तत्वलाई निराकरण गर्न सक्ने ल्याकत कसरी राख्ने ? विश्वको परिवेशमा जतिसुकै समाजिक प्राणी भएता पनि सवैभन्दा अस्थिर जीवन नै मानव जातिको हो । देखिने जीवन र भोगिने जीवनको वीचमा देखिने खाडल देख्न आत्मिक नयन विना सम्भव हुदैन । सतहीमा जीवन जीउनेको भीडमा हेर्दा जीवन समान्य लागेता पनि त्यो सत्य होईन, सोचको विविधता भित्र रहेर नै जीवनको परिभाषा फरक फरक पाउन सकिन्छ । 
भौतिक शरिरभित्रको आत्मिक सुन्दरता अनुपम भएता पनि त्यही आत्मा भित्र जल्ने पीडाहरुको जननी खोज्नुपर्ने आवश्यकता भएको छ । सोचको विकास मस्तिष्कवाट भएता पनि त्यो सोचको मापन गर्ने ल्याकत खोज्नुपर्ने वेला भएको छ । विचारको प्रस्फुटन सकारात्मक एवं नकारात्मक भएता पनि त्यसको प्रयोग महत्वपुर्ण हुने रहेछ । त्यही विचारको समुचित प्रयोग नहुदाँ मानसिक रुपमा पर्ने असल असह्ैय हुने रहेछ । प्रयोगको विधिले विचारमा आउने विविधतालाई प्रभाव पार्ने रहेछ । मस्तिष्कमा उभारित ज्वालाको प्रभावले भौतिक शरिरलाई स्वत निष्क्रिय वनाईदिने रहेछ । गतिशिलता समयमा मात्र हैन, वातावरणीय प्रतिकुलतामा पनि पर्ने असरले सजीव प्राणी सवैमा प्रभाव पार्दे रहेछ । सधै एकैनासको पल नहुने सत्यतामा घुल्न नसक्दा जीवनमा हुने समान्य उथुलपुथलले समेत धेरै ठुलो ज्वाराभाटा पैदा गर्दो रहेछ । 
आत्मा र मस्तिष्कको कम्पनलाई कसरी सन्तुलन वनाउने ? कहिल हुने मस्तिष्क किन केहि समयको अन्तरालमा नै निष्क्रिय वन्दछ ? मस्तिष्कमा आउने सोचहरु किन यति धेरै अस्थिर हुन्छन होला, वर्षायामको खहरे झै ? यहि मस्तिष्कको पदचापलाई सधै एकनासको वनाउन किन सकिदैन ? परिवेशको यो अनन्य जस्तै हुने हलचल नै प्रकृति रहेछ । सोच्नु र व्यवहारमा उतार्नु समान्य जस्तै लागेता पनि यसको धरातल विशाल रहेछ । यहि सोचको धुव्रिकरणले नै मानव जातिमा देखिने विभिन्न गतिविधीहरु जीवनका अंगहरु रहेछन् । आफनो सोचिएको त्यो अंगहरु आफना होईनन् । आत्मरतिको त्यो मनोगत भावनाले सवैलाई आफनो वशमा पारेको हुदाँे रहेछ । प्राप्तिको नाममा गरिने अनेक तिकडम त कमजोर मानसिकताको घोतक मात्र रहेछ । 

images

"सोचको धुव्रिकरणले नै मानव जातिमा देखिने विभिन्न गतिविधीहरु जीवनका अंगहरु रहेछन् । आफनो सोचिएको त्यो अंगहरु आफना होईनन् । आत्मरतिको त्यो मनोगत भावनाले सवैलाई आफनो वशमा पारेको हुदोँ रहेछ । प्राप्तिको नाममा गरिने अनेक तिकडम त कमजोर मानसिकताको घोतक मात्र रहेछ । "


सारमा समान देखिने जीवनहरु सोचमा भने पृथक रहेको हुदो रहेछन् । प्राप्तिको परिभाषालाई सोचिय अनुकुलतामा प्रभाव पार्नेहरु जति कुर्लिए पनि त्यो फगत मिथ्या मात्र रहेछ । सुख र खुशीको परिभाषा प्राप्तिमा मात्र हुन्छ भन्ने अन्धविश्वासमा जकडिएकाहरुका विश्लेषण पनि पुर्ण होईन रहेछ । जुन समाजको अपव्ययमा जीवन गुजार्नेहरुको शैलीमा पाईन्छ । आवश्यकीय भौतिक वस्तुको उपलव्धता र निर्माण मानव जातिको नै भएता पनि त्यसमा निर्माण गरिने जौविक तत्वहरुहरु प्राकृतिकीय देन नै हो । वस्तुको महत्व समान हुन सक्दैन, तर त्यसको उपस्थिती विना त्यति सहज हुदैन । जसको जे जस्तो भुमिका र महत्व भएता पनि सारमा भने सोचको विविधता भित्रको एउटा रुप मात्र हो । जुन सवैले निश्चित ठाँउमा अवलम्वन गरिरहेको हुन्छन् ।
भौतिक शरिरले सोचको विकास गर्दछ, वा सोचले भौतिक शरिरलाई चलायमान गराउँदछ ? या सोच र भौतिक शरिरलाई वातावरणले अधिनस्थ राख्दछ ? यसको जव आभास भई कार्यन्वयनको चरणमा जान्छ, जीवनको परिभाषा नै पृथक हुन्छ । यो सोचलाई अधिनस्थ वा कावुमा राख्ने सामथ्र्य कमैमा रहला । कल्पना र मायारुपी मोह भन्दा वाहिर गएर सोचिने यो विषय समान्य जीवन भित्र राखेर हेर्न सकिदैन । जटिल प्रकृतिको विषयमा सोच्ने हिम्मत त्यो भन्दा वढि जटिल सोच र सामथ्र्य हुनुपर्दछ । यसका लागी यहि प्रवृत्ति सहज मानिदैन । 
जसरी पल रोक्न सकिदैन, त्यसरी नै सोच पनि रोक्न सकिदैन, अन्य भौतिक वस्तु समेत प्रकृतिको अनुपम भित्र हार मानेको सन्दर्भमा अनुहारमा देखिएको चाउरीपन मात्र देख्नु भनेको मुर्खता मात्र हो । समाजिक गतिविधि, परिवेश सारथी मा हो, साध्य त सोच नै हो । सफलता भौतिकताामा मात्र हैन, आत्मिकतामा लुकेको हुन्छ भन्ने तथ्य जवसम्म सोच्ने हिम्मत हुदैन, जीवनलाई नजिकवाट नियाल्न सम्भव हुदैन । 
व्यक्तिमा देखिने, दम्भ, मुर्खता भनेको साधन मात्र रहेछ, जीवनको यो महासागर भित्र छिरेर हराउने धृष्टता कमैले गर्दा रहेछ । किनकी त्यो महासागर भौतिक समाज जस्तो सहज हुदैन । यथार्थताको त्यो सुत्रमा छिर्नु भनेको मानविय जीवन नरक जस्तो लाग्दछ आम समाजलाई । तर त्यो नै वास्तविक जिवनको चित्रण हो । 
वातावरण, सोच र आत्मिक असन्तुलनको मेल नै समाजको तत्व हो । त्यहि तत्वमा हामी आश्रित छौ । त्यो तत्व भन्दा वाहिर वाँच्ने कल्पनाले यो अहिलेको जीवन सँग मेल खाँदैन । मस्तिष्कमा देखिने विचलित सोचहरु जीवन विताउने मेलो हुन् । एकमना सोचमा तगारो लगाउने तत्वहरु समाजको हरेक वायु र वस्तुकको कण कणमा अन्योन्याश्रित तवरले चलायमान वनेका छन् । त्यहि स्वचालित कणहरुलाई आत्मासाथ गरे वाँच्ने पल नै जीवन हो । मस्तिष्क र सोचको गतिलाई एकाकार वनाउनु भनेको असम्भवप्राय हो । मस्तिष्क आफैमा निर्मल हुन्छ । समाजिक तत्व र वातावरिणय प्रभाव नै मस्तिष्कलाई प्रभाव पार्ने मुल तत्वहरु हुन् । यहि समाजिक र वातावरणीय तत्वको सकारात्मक ग्रहण नै मस्तिकका अपव्यय हुन् जसले जीवनका साध्य वुझन महत्वपुर्ण भुमिका खेल्दछ । मस्तिष्कमा देखिएको सोचले नै जीवनको रेखा तय गर्दछ । त्यो आत्मिक सन्तुलन र असन्तुलनका रुपमा पनि देखिन सक्दछ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:१४:१६ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology