धादिङ । धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आत्महत्या गरेका छन् । श्रेष्ठ आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले बताउनुभयो ।
उहाँका अनुसार श्रेष्ठले धादिङवेशीको पुछारबजारस्थित आफू बसेकै कोठाको सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेका हुन् । अहिले उनको शव पोस्ट मार्टम रिपोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ ।