तनहुँ, २४ फागुन । चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिकामा एक बालक घाइते हुनुभएको छ । हिजो बेलुका ७ बजे चितुवाको आक्रमणबाट बन्दीपुर–१ कौशिनी छापका चन्द्रबहादुर चेपाङका ४ वर्षीय छोरा अक्कल चेपाङ घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
साँझ पख बुबाआमासँगै घर फर्किदै गर्दा चितुवाले आक्रमण गरेको काफ्लेले बताउनुभयो । डुम्रेको लक्ष्मि अस्पतालमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको र अहिले उहाँको अवस्था सामान्य रहेको बताईएको छ । ३ वर्ष देखि जिल्लामा चितुवाको आक्रमणबाट १० जना बालबालिकाले ज्यान गुमाएका छन् भने दजनौ घाईते भएका छन् ।