दमौली, १९ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना संक्रमण भएको छ। आफूसहित परिवारका सदस्यमा देखिएको भन्दै भण्डारीले सामाजिक संजालमा लेखेका छन्।
संक्रमण देखिए पछि भण्डारी परिवार आइसोलेसनमा बसेका छन् । पत्नी अञ्जना र छोरा समेतलाई संक्रमण देखिएको भन्दै घरमै उपचाररत भण्डारीले आफूसँग भेटेकालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।