Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

पर्वतको महाशिलामा ५ शैयाको कोरोना अस्पताल निर्माण, सङ्क्रमितको निशुल्क उपचार गरिने 

पर्वतको महाशिलामा ५ शैयाको कोरोना अस्पताल निर्माण, सङ्क्रमितको निशुल्क उपचार गरिने 

इच्छाकामना न्युज

२१, बैशाख २०७८
पर्वतको महाशिलामा ५ शैयाको कोरोना अस्पताल निर्माण, सङ्क्रमितको निशुल्क उपचार गरिने 
images

दिपेश विश्वकर्मा,  पर्वत, २१ बैशाख । पर्वतको महाशिला गाउँपालिकाले पाँच शैयाको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ ।गाउँपालिकाको वडा नं ५ लुंखु आहालेमा रहेकोबहुउदेश्य सभाहललाई कोरोना अस्पताल बनाएको हो ।

images
images

गाउँपालिका भरिकै राम्रो भौतिक व्यवस्था भएको उक्त सभाहलमा अक्सिजन सहितको पाँच शैयाको व्यवस्था गरेको छ । साथै सोही भवनमा १० बेडको क्वारेन्टाइन समेत निर्माण गरिएको छ ।

गाउँपालिकाले हाललाई अस्पतालमा एक डाक्टर सहित एक स्टाफ नर्स, एक अनमी,एक  अहेव र एक ल्याप टेक्निसियन रहने गरि स्वास्थकर्मी सहित ब्यबस्थापन गरेको गाउँपालिकाका प्रवक्ता एवम वडा नं ५ का वडा अध्यक्ष जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।  

गाउँपालिकाले कोरोना सङ्क्रमण देखिएका वा क्वारेन्टाइनको बेडमा बसेका नागरिकको खान, बस्न र उपचार निशुल्क गर्ने भएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा ५ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना सङ्क्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शैयाको अभाव हुने अवस्थामा उक्त शैया प्रयोग गर्न मिल्ने गरी आइसोलेसन कक्षको निर्माण गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो  ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - २१:१७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology