लमजुङ, ५ जेठ । विहान मात्रै भूकम्पले क्षति पु¥याएको लमजुङमा फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार केहीबेर अघि लमजुङ केन्द्रबिन्दु भएर ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का चितवनदेखि काठमाडौं उपत्यकासम्म महसुश भएको छ । यसअघि आज विहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो ।