Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पूर्वी चितवनमा घाँस काट्न गएकी किशोरी माथि पछाडिबाट मुख बन्द गरी करणी गर्न खोजियो, १ जना पक्राउ

पूर्वी चितवनमा घाँस काट्न गएकी किशोरी माथि पछाडिबाट मुख बन्द गरी करणी गर्न खोजियो, १ जना पक्राउ

इच्छाकामना न्युज

२६, आषाढ २०७८
पूर्वी चितवनमा घाँस काट्न गएकी किशोरी माथि पछाडिबाट मुख बन्द गरी करणी गर्न खोजियो, १ जना पक्राउ
images

चितवन, २६  असार । चितवनमा किशोरीमाथि जबरजस्तीकरणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिकामा १७ वर्षीय किशोरीमाथि करणी गर्न खोजेको आरोपमा २७ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

images
images

राप्तीको वडा नम्बर ७ मा शुक्रबार साँझ बारीमा घाँस काट्न गएको समयमा पछाडिबाट मुख बन्द गरी किशोरीलाई करणी गर्न खोजेको पिडित पक्षले बताएका छन् । पक्राउ पर्नेमा सोही वडाका २७ वर्षीय महेन्द्र सापकोटा रहेका छन् ।

किशोरीले चिच्याएपछि छिमेकीहरुले थाहा पाएर सापकोटालाई वडा प्रहरी कार्यालयमा बुझाएको डिएसपी सुर्य बहादुर थापाले जानकारी दिए । पक्राउ परेका सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको थापाले बताए ।

पिडित पक्षले भने हालसम्म प्रहरीमा जाहेरी दिएको छैन् ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २१:४९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology