Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धर्तिले सोधेका अनुत्तरित प्रश्नहरु 

धर्तिले सोधेका अनुत्तरित प्रश्नहरु 

बि.बि. श्रेष्ठ

१७, कार्तिक २०७७
धर्तिले सोधेका अनुत्तरित प्रश्नहरु 

हावाको त्यो अगोधकम्पनमा समेत आफनो अस्तित्व रक्षाका लागी अविचलित आत्मा धर्तिको यो मैदानमा संघर्षरत नै रहयो । उसको त्यो संघर्षले उसको जीवनको अस्तित्वरक्षार्थ भुमिका खेलेको छ । लाग्दछ, उसले धर्तिमा आफनो उपस्थितीको सान्र्दभिकतालाई पुष्टि गरिरहेको छ । हावाको त्यो वेग होस वा प्रकृतिको अन्य निर्मम प्रहार, जे भएता पनि औचित्य पुष्टिका लागी गरिएको उसको त्यो प्रयत्न साँच्चै जीवनको औचित्य खोज्नका लागी वाध्य  वनिदियो । 
सदिंयौदेखी चल्दै आएको यो नियमनमा भौतिक परिवर्तनलाई मात्र जीवनको साध्य मान्ने हो भने यसले न्याय पाउदैन । जवसम्म धर्तिमा रहने प्राणीले जीवनका साध्य प्राप्त गर्न सहजताका साथ सक्ने छैनन तवसम्म भौतिक तथा आर्थिक विकासले मात्र जीवनको औचित्य पुष्टि हुन सक्दैन । अहिलेम्मको मुख्य अनुत्तरित प्रश्नहरु यिनै हुन् । यी अनुत्तरित प्रश्नहरु किन मनमस्तिष्कमा जरा गाडेर वसिदियो ? यसको न्युन समिक्षात्मक मुल्यांकन गर्ने हो भने जीवनमा भौतिक तथा आर्थिक वस्तुको कुनै पनि अर्थ रहदैन । यहि अर्थ विनाको जीवनले सधैभर घोचिरहयो । कमजोरी ढाक्नका लागी फगत गरिने प्रयत्न लामो समयसम्म रहदैन, तर जव धर्तिले प्रश्न सोधेको आभास हुन थाल्दछ, तव साँच्चै नै जीवन जीवन होईन, निरन्तरतको सानो कण शिवाय अन्य देखिदैन । 
प्रश्नको पहाड मात्र हुने तर समाधान नहुने प्रवृत्तिले जीवन सहज हुदैन । यहि पेरिफेरिमा गुज्रिएको पलहरु कहिले सम्म गुज्रिएलान ? धर्तिमा रहेका हरेकताका आफनै अस्तित्व र भुमिका हुन्छ भन्ने तत्तत सत्यता समेत वुझन नसक्नेहरुको भीडले घेरिएको सन्र्दभमा यसको निकास कसरी प्राप्त गर्न सकिएला ? सेकेन्डको प्रहर हुदै समयले नेटो काटेको यथार्थलाई वुझाउन ऐनामा देखिने प्रतिविम्वको प्रयत्नको पनि अर्थ रहेन । सौन्दर्यतामा रम्नका लागी हेरिने ऐनाले वास्तविकता वुझाउन अविरल प्रयत्न गरेता पनि अनुकुलतामा स्वखलित भएको मानव आत्माहरु ऐनाको वनावट परिवर्तन गर्न अभ्यस्त हुन्छन तर जीवन वदल्ने सोच वदल्ने हिम्मत राख्दैनन । सारमा यहि नै हो । 
थोपाको कणवाट सिर्जित जीवन धर्तिमा नै पुगेर विलिन हुदाँसम्मको अवधिलाई जीवन मान्ने भयो भने, यो वीचका अवधिमा धर्तिले कति प्रश्नहरु सोधे होलान् ? पाईला पाईलामा धर्तिका साधनले अवरोध गर्दा कहिल्यै पनि धर्तिका अनुत्तरित प्रश्नका आभास कसैलाई भयो होला कि नहोला ? धर्ति आफै एकाकार छ, यसो भन्दैमा धर्ति अन्धो छैन, त्यसको अनुभुति कसैलाई भयो कि भएन होला ? थोपावाट सिर्जित जीवन वाल्यकाल, वयस्क, वुद्ध हुदै धर्तिमा विलिन भयो । लामो कपाल हुदाँ काटेर वाहिरी सुन्दरतामा लिप्त वनियो । चाउरिएको गलालाई तन्काउने वेजोड प्रयत्न गरियो । ऐनामा सुन्दरता खोज्ने नाममा हजारौ पटक जुँगाहरु काटिए । यति धेरै क्रियाकलाप गरिरहदाँ पनि धर्तिले कुनै दिन प्रश्न सोधेको आभास किन भएन ? जीवनका यी चक्रले यावत गति लिएर मृत्यृशैयामा रहदाँ पनि धर्तिले सोध्ने प्रश्नको हेक्का किन भएन ?
रातको त्यो निष्पट अन्धकारमा पनि धर्तिको त्यो अंगले खेलेको भुमिकालाई लिएर जीवनमा अनेकौ प्रश्नहरु घोत्लिए । अनुत्तरित प्रश्नको त्यो पहाडले जीवन नै पुरिदा समेत सोच्न नछाड्ने आत्मिक सहादनहरुले कति समय यसरी नै धर्तिमा अस्तित्वविहिनतामा राख्ने होलान् ? नियमित भन्दा वढि धड्कन शुरु गरेको मुटुको गतिले आफनो भुमिका कहिलेसम्म क्रियाशिल राख्ला ? सृष्टिको उदय देखि असंख्या आत्माहरु धर्तिको यो अनुत्तरित प्रश्नले कति धड्केका होलान् ? उनिहरुको सोचले जीवन र धर्तिको मेलमा कति भुमिका खेले होलान् ?
हरेकतामा जिम्मेवारिता र भुमिका देख्ने मेरो सोच र नयनले किन आफनो जीवनका जिम्मेवारिता वहन गर्न सकेन ? सोचका निर्मलीकरण समेत सम्भव नहुने आत्मारतिमा हुर्किएको यो आत्मिक क्रियाशिलताको अन्त्य कहिले होला ? सारमा यो भौतिक शरिरले निरन्तर काम गरिरहेको  छ । रातको त्यो अन्धकारमा होस वा दिनको त्यो उज्यालोमा । तर यहि भौतिक शरिरले गर्ने निरन्तर काम सगै हामीले गर्ने काम र जिम्मेवारिता किन गरिएन ? जीवनको औतित्य पुष्टि गर्नका लागी दिईएको धर्तिको यो उपहारलाई हामीले कति पुरा गरयौ ?
उमेर जति घर्किदै गएको छ, धर्तिले प्रश्न सोधेको आभास प्रवल रुपमा भईरहेको छ । धर्तिले जिम्मेवारिता वहनको प्रश्न टड्कारो रुपमा उठाईरहेको अनुभुति भएको छ । जीवनको यो अवधिसम्मको हिसाव किताव धर्तिले खोजेको कुरा मस्तिष्कमा जरा गाडेको छ । धर्तिमा रहने सम्पुर्ण सजिव र निर्जिव प्राणीले आफनो भुमिका खेलिरहदाँ मेरो अन्तरमनमा जीवनको जिम्मेवारिता र भुमिकाको असंख्य अनुत्तरित प्रश्नहरु खडा भएका छन् । यी धर्तिले सोधेका प्रश्नहरुको उत्तर खोज्न सक्ने सामथ्र्य म मा कति रहला ? या त धर्तिमा नै विलिन भएर हार स्वीकार्नुको विकल्प छैन । 

images

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १०:१५:५४ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology