Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको डुम्रेमा आमा समूह र युवा क्लवले एम्बुलेन्स संचालनमा ल्याए

तनहुँको डुम्रेमा आमा समूह र युवा क्लवले एम्बुलेन्स संचालनमा ल्याए

इच्छाकामना न्युज

२४, श्रावण २०७८
तनहुँको डुम्रेमा आमा समूह र युवा क्लवले एम्बुलेन्स संचालनमा ल्याए
images

डुम्रे, २४ साउन । तनहुँको डुम्रेमा आज आइतबारदेखि एम्बुलेन्स संचालनमा आएको छ । भानु नगरपालिका-१ को साजबोटेमा रहेको सिजन युवा क्लब र शान्ति आमा समूहको सकृयतामा एम्बुलेन्स संचालनमा आएको हो । आज एक कार्यक्रमको आयोजना गरि कम्पनीले युवा क्लब र आमा समूह हस्तान्तरण गरेको छ भने आजै उद्घाटन समेत गरिएको छ ।

images
images

कार्यक्रममा महायज्ञाका सबैभन्दा धेरै १ लाख ५५ हजार नगद सहयोग गर्ने दानबीर ईश्वर कुमार श्रेष्ठले उद्घाटन गर्दै समाजको भलाईका लागि आँफू सदैव तत्पर रहेको भन्दै डुम्रेबजारको क्षेत्रमा धेरै घटना दुर्घटना हुने हुदा बिरामीलाई तत्काल ठूला अस्पताल सम्म पु¥याउन सहज हुने बताए ।

IMG_1628429117842.jpg

सिजन क्लबका संरक्षक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले जीवन रहेसम्म अरुका भलाईका लागि सेवा गर्नु पर्ने भन्दै सुविधा सम्पन्न एम्बुलेन्सको कोरोनाका बीच महत्व रहेको र सवै मिलेर संचालनमा सहयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा भानु नगरपालिका वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर लामा, तनहुँ उद्योग वाणिज्य संघ भानु नगर सभापति कृष्णकुमार श्रेष्ठ, लक्ष्मी हस्पीटल प्रालिका संचालक तथा युवा समाजसेवी केशव अधिकारी, लगाएतले यस क्षेत्रमा अत्यान्तै खाँचो भैरहेको एम्बुलेन्स आउँदा अत्यान्तै खुशी लागेको भन्दै सवैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

युवा क्लब र आमा समूहले २ वर्ष अघि एम्बुलेन्स खरिद गर्ने उदेश्यले श्रीमद् भागवत महापुराण समेत लगाएका थिए । उक्त महायज्ञमा १८ लाख ७० हजार २ सय ३५ रुपैंया आमदानी भएको थियो ।

हाल १५ लाखमा एम्बुलेन्स खरिद गरिएकोमा ६ लाख ५० हजार बैंक कर्जा लिई संचालन गरिएको क्लबका संस्थापक अध्यक्ष विवेक श्रेष्ठले जानकारी दिए ।

यसैबीच तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित संघीय साँसद कृष्णकुमार श्रेष्ठ किसानले महायज्ञका अवसरमा एम्बुलेन्स खरिद गर्न कबोल गर्नु भएको रकम ५१ हजार पाँच रुपैंयाको चेक आज प्रदान गरेका छन ।

डुम्रे साँस्कृतिक परिवारका अध्यक्ष कैलाश श्रेष्ठ मार्फत सिजन क्लबका अध्यक्ष कृष्ण बहादुर पौडेललाई हस्तान्तरण गरेका हुन ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शान्ति आमा समुहकी अध्यक्ष ज्ञानु श्रेष्ठले स्वागत मन्तब्य र क्लबका सचिब राजन न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - २१:२७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology