Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँमा स्कुल खोल्दै पालिका, बन्द गराउँदै प्रशासनः मारमा शिक्षकहरु

तनहुँमा स्कुल खोल्दै पालिका, बन्द गराउँदै प्रशासनः मारमा शिक्षकहरु

पत्रपत्रिका

१३, भाद्र २०७८
तनहुँमा स्कुल खोल्दै पालिका, बन्द गराउँदै प्रशासनः मारमा शिक्षकहरु
images

दमौली, १३ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले १४ भदौ १४ सम्म निषेधाज्ञा जारी गरेको छ । तर जिल्लाका २ स्थानीय तहले भने आइतबारदेखि भौतिक रुपमै पठनपाठन गर्न विद्यालयलाई परिपत्र गरेका छन् । स्थानीय तह र जिल्ला प्रशासनको विपरीत निर्णयले भने शिक्षक चेपुवामा परेका छन् । व्यास नगरपालिका र ऋषिङ गाँउपालिकाले भौतिक रुपमै पठनपाठन सञ्चालनका लागि आइतबारदेखि प्रत्यक्ष उपस्थितिमा विद्यालय खुलाउने तयारी गरेका हुन् ।

images
images

ऋषिङ गाउँपालिकाको शुक्रबार भएको कार्यपालिकाको बैठकले सुरक्षा मापदण्ड अपनाई विद्यालय खोल्ने निर्णय गरेको अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए । उनकाअनुसार सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेकाले मास्क, साबुन, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्न भनिएको छ । १ बेन्चमा बढीमा २ विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी भएमा आवश्यकताअनुसार सेक्सन विभाजन गरी विभिन्न सिफ्टमा सिकाइ सहजीकरण गर्नसमेत निर्देशन दिइएको छ ।

व्यास नगरपालिकाले पनि आइतबारदेखि नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न परिपत्र गरेको छ । नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले शुक्रबार सबै विद्यालयलाई परिपत्र गर्दै कार्यपालिकाको यही ८ भदौको निर्णयअनुसार पठनपाठनको निरन्तरता दिन विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेका हुन् । तर जिल्ला प्रशासन कार्यलय तनहुँले भने विद्यालय नखोल्न चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भौतिक रुपमै पठनपाठन गरेको पाइएमा शिक्षकलाई कारबाही गरिने बताए । उनले भने,‘विद्यालय खोल्न कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गर्नुपर्छ । निषेधाज्ञाको बेलामा खोल्न पाइँदैन ।’ उनले थपे,‘विद्यालय खोलेर प्रत्यक्ष रुपमा पठनपाठन गरेको भेटेमा शिक्षकलाई कारबाही गरिनेछ । जरिवानासहित विद्यालय खुलाउने शिक्षकलाई कारबाही हुन्छ ।’

रेग्मीले आइतबार शिक्षकहरु विद्यालयमा जाने र व्यवस्थापन समितिसँग बैठक बसेर विद्यालय सञ्चालनको वातावरण तयार गर्ने स्पष्ट पारे । उनकाअनुसार स्मार्ट लकडाउनको कार्यविधि अनुसार सिफारिस भएर आए जोखिमको अवस्था हेरेर निर्णय गर्न सकिनेछ । व्यास नगरपालिकाका शिक्षा शाखा प्रमखु रेग्मीले आइतबार शिक्षकहरु विद्यालयमा जाने र व्यवस्थापन समितिसँग बैठक बसेर विद्यालय सञ्चालनको वातावरण तयार भनिएको बताए ।

उनले भने, ‘स्मार्ट लकडाउनको आधारमा वैकल्पिक रुपमा पठनपाठन नभएको खण्डमा स्वास्थ्य मापदण्ड पालना गरी प्रत्यक्ष रुपमा कक्षा चलाउन भनिएको हो । प्रशासनले कारबाही गरेमा त्यसमा नगरपालिका जिम्मेवार हुने छ ।’ आदर्श समाज दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - ०८:१७:५० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology