Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चाडपर्वको मुखमा प्रदेश २ का डिआईजी रन्जीतकारको नाममा घुमुवाको असुली धन्दा

चाडपर्वको मुखमा प्रदेश २ का डिआईजी रन्जीतकारको नाममा घुमुवाको असुली धन्दा

इच्छाकामना न्युज

३, आश्विन २०७८
चाडपर्वको मुखमा प्रदेश २ का डिआईजी रन्जीतकारको नाममा घुमुवाको असुली धन्दा
images

जनकपुरधाम, ३ असोज । दशैं नजिकिदै गर्दा प्रदेश २ मा यतिखेर प्रहरीकै संरक्षणमा अबैध गतिविधिहरु बढ्न थालेका छन् । प्रदेश २ का भारतसंग सिमानाका जोडिएका जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुबाट, नदिजन्य पदार्थको अवैध उत्खननबाट, काठ तस्करी तथा ट्रान्सपोर्टहरुबाट अवैध रकम असुली चलि रहेको छ ।

images
images

सिमानाका जोडिएका जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुबाट,नदिजन्य पदार्थको अवैध उत्खनन्बाट,काठ तस्करी तथा ट्रान्सपोर्टहरुबाट अवैध रकम असुली चलि रहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ लाई थाहा नभएको होइन । तर प्रहरी डिआईजी उमेश रन्जीतकार आफैँले हरेक जिल्लामा ३/४ जना घुमुवा राखेर असुली धन्दालाई निरन्तरता दिएका छन् ।

डिआईजी रन्जीतकारले प्रदेश २ का आठै जिल्लामा ३/४ जना घुमुवा राखेर सिमामा रहेका प्रहरी चौकीहरुबाट,नदिजन्य पदार्थको अवैध उत्खनन्बाट,काठ तस्करी तथा ट्रान्सपोर्टहरु,भन्सार छलीका सामानहरुका साथै नक्कली नोटको कारोवार गर्नेहरुसंग ठुलो रकम कमिसन असुली चलाएका छन् ।

पर्सा देखि सप्तरी सम्म गरी करिब ३० जना घुमुवा राखेर मासिक १० लाख भन्दा बढी डिआईजी रन्जीतकारले असुलेका प्रहरी अधिकारीहरु कै भनाई छ । घुमुवाहरुले डिआईजी रन्जतिकार कै नाममा यौन धन्दा, जुवातास सञ्चालनका साथै सिमामा रहेका प्रहरी चौकीहरुबाट,नदिजन्य पदार्थको अवैध उत्खनन्बाट, काठ तस्करी तथा ट्रान्सपोर्टहरु, भन्सार छलीका सामानहरुका साथै नक्कली नोटको कारोवार गर्नेहरुसंग ठुलो रकम कमिसन असुली चलाएका प्रहरी अधिकारीहरुको भनाई छ । 

करिब १६/७ वर्षदेखि सिभिलमै बसेर काम गर्दै आएका असई मनोज कुमार यादव अहिलेसर्लाहीको त्रिभुवननगरमा सई बस्ने ठाउँमा पावर देखाएर बसेका छन् । उनले सर्लाहीमा रहेको भएपनि प्रदेश २ का सबै जिल्लाहरुबाट कमिसन असुलीलाई निरन्तरता दिएका छन् ।

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - २२:०७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology