Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको बन्दिपुर क्षेत्रमा चितुवा आतंक बढ्यो, सतर्कता अपनाउन वन कार्यालयको अपिल

तनहुँको बन्दिपुर क्षेत्रमा चितुवा आतंक बढ्यो, सतर्कता अपनाउन वन कार्यालयको अपिल

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
तनहुँको बन्दिपुर क्षेत्रमा चितुवा आतंक बढ्यो, सतर्कता अपनाउन वन कार्यालयको अपिल
images

तनहुँ, २३ कार्तिक  । तनहुँको बन्दिपुर क्षेत्रमा चितुवा छ्यास-छ्यास्ती भेटिएकाे भन्दै चितुवासँग सतर्कता अपनाउन डिभिजन बन कार्यालय तनहुँले अपिल गरेकाे छ ।

images
images

बन क्षेत्रमा झाडी बढ्दै गएकाेले चितुवाकाे बासस्थान पनि बढ्दै गएकाे र अहिलेकाे समय प्रजननकाे समय भएकाले पनि सचेतना अपनाउन भनिएकाे डिभिजन बन कार्यालय तनहुँका प्रमुख काेमलराज काफ्लेले बताए ।

साथै केही चितुवाकाे बच्चा जन्माई आहाराकाे खाेजीमा हिँड्ने समेत भएकाले याे समयमा चितुवासँग सतर्क रहनु पर्ने प्रमुख काफ्लेले जानकारी दिए ।

चितुवाबाट जाेगिन साँझ र बिहानकाे झिस्मिसे समयमा बाहिर नहिँड्ने, घर वरपर झाडी नराख्ने साथै चारै तर्फ उज्यालो बनाई राख्ने, बनमा घाँस-दाउरा गर्न एक्लै नजाने, बालबालिकालाई अभिभावक बिना हिँड्न नदिने, घर पालुवा जनवारलाई बनाईएकाे खाेर गाेठ बलियाे बनाउन समेत अनुराेध गरिएकाे सहायक बन अधिकृत अरुण पाैडेलले बताए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - २२:२३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology