Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको बन्दीपुर गाउँपालिकाले दुई जनालाई छात्रवृत्तिमा इञ्जिनियरिङ पढाउने

तनहुँको बन्दीपुर गाउँपालिकाले दुई जनालाई छात्रवृत्तिमा इञ्जिनियरिङ पढाउने

न्युज कारखाना

१५, मंसिर २०७८
तनहुँको बन्दीपुर गाउँपालिकाले दुई जनालाई छात्रवृत्तिमा इञ्जिनियरिङ पढाउने
images

तनहुँ, १५ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिकाले छात्रावृत्तिमा इञ्जिनियर पढाउने भएको छ । चालु आर्थिक बर्षदेखि बन्दीपुरले दुई विद्यार्थीलाई छात्रावृत्तिमा इञ्जिनियरिङ पढाउन लागेको हो ।

images
images

छात्र छात्रा एक एक जनालाई छनोट गरी पूर्ण छात्रवृत्तिमा पढाउन लागेएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार यसबर्ष सुरु हुने कार्यक्रम २० बर्षसम्म सञ्चालन गर्ने योजना छ । ‘हामीले कम्तीमा ४० जना इञ्जिनियर उत्पादन गर्ने लक्ष्य राखेका छौँ,’ अध्यक्ष थापाले भने । इञ्जिनियरिङ पढाउन छात्रवृत्ति दिन गाउँपालिकाले प्राथमिकता समेत निर्धारण गरेको छ । ‘सहिद, बेपत्ता र घाइते परिवार प्राथमिकतामा पर्ने छन् । उत्पिडित, दलित र गरिब विद्यार्थीलाई पनि यो कार्यक्रममा समेटेर इञ्जिनियर बनाउँछौँ,’ उनले भने ।

गाउँपालिकाले सूचना प्रकाशित गरेर छात्रवृत्तिमा इञ्जिनियरिङ पढ्ने विद्यार्थी छनोट गर्ने जनाएको छ । डाक्टर, पाइलट पढाउन तुलनात्मक रुपमा शुल्क मंहगो पर्ने र गाउँपालिकाको आयस्रोत कम भएको कारण इञ्जिनियरिङ विषय रोजेको अध्यक्ष थापाको भनाइ छ । गाउँपालिकाकाे छात्रावृत्तिमा पढेका इञ्जिनियरलाई रोजगारी समेत गाउँपालिकाले नै दिनेछ । अध्ययन सकेर दुई बर्ष गाउँपालिकामा अनिवार्य सेवा गर्नु पर्नेछ ।

'गाउँपालिकासँग सम्बन्धित प्रोजेक्टमा भए पनि रोजगारी दिनेछौँ’, गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताइन् । विकास निर्माणमा इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । चालु आर्थिक बर्षको बजेटमा दुई विद्यार्थीलाई इञ्जिनियरिङ पढाउन गाउँपालिकाले आठ लाख रुपैयाँ व्यवस्थापन गरेको छ । 

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - १९:१५:०६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology