Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

मुन्धुम खोज्दै ताक्लुङ गढीमा लिम्बू समुदाय

मुन्धुम खोज्दै ताक्लुङ गढीमा लिम्बू समुदाय

न्युज कारखाना

१६, मंसिर २०७८
मुन्धुम खोज्दै ताक्लुङ गढीमा लिम्बू समुदाय
images

प्रकाश पाक्साँवा, तेह्रथुम, १६ मंसिर । लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा याे समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ । लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक हुन्छ। लयात्मक हुन्छ । मुन्धुमसाबा वा जान्ने बुझ्नेले यसलाई लोककथाका रूपमा सुनाउँदै आएका छन् । समय कालसँगै मुन्धुममा विषय र लय सिर्जनातात्मक पनि बनाउँदै लगेका हुन्छन् भने लिम्बू पुरोहित जस्तै फेदाङ्बा/साम्बाले विशेष धार्मिक पूजा, सामाजिक कर्मकाण्ड, साँस्कृतिक अनुष्ठान र धार्मिक पूजामा यसको शास्त्रीय पक्षलाई गाउँदै/बचाउँदै ल्याएका छन् ।

images
images

लिम्बू समुदायकाे पछिल्लो पुस्तामा मुन्धुम लोप हुँदै गएपछि किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले दोस्राे याक्थुङ मुन्धुम गोष्ठी तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रे स्थित ताक्लुङ गढीमा आयोजना गरेकाे छ । गाेष्ठीमा मुन्धुमको थप खोजी बारे छलफल भएकाे थियाे । चुम्लुङले विगतका बर्षदेखि नै मुख्य त लिम्बू आदिवासीको भाषिक,साँस्कृतिक, सामाजिक तथा आर्थिक विकाससम्बन्धी काम गर्दै आएको केन्द्रीय अध्यक्ष योगराज वानेमले बताए ।

साँस्कृतिक गतिविधिहरूमा मुन्धुम लिम्बू आदिवासीको मौलिकपन भएको र विन दर्शनमा आधारित भएको महत्वपूर्ण दस्तावेजका साथै सामाजिक कार्य अघि बढाउने संस्कार संस्कृतिसँग सम्बन्धित रहेको अध्यक्ष वानेमको भनाइ छ । उनी भन्छन्, ‘चुम्लुङले मुन्धुमसम्बन्धी विभिन्न चर्चा परिचर्चा व्याख्या विश्लेषण गर्दै आएको र समाजमा व्यापक बनाउने उदेश्यका साथ मुन्धुम गोष्टी गर्दै आएका छौं । गोष्ठी ऐतिहासिक तथा साँस्कृतिक स्थलमा प्रयोगात्मक रुपमा गरेका छौ । मुन्धुमहरू धेरै खण्ड भए पनि यहाँ सृष्टिसम्बन्धी १० वटा यक (गडी) बनाएर छलफल र बहस गरेका छौ ।’

गाेष्ठीमा पूर्वी नेपालका नाै जिल्ला र राजधानी काठमाडाैंसहित मुन्धुमविद्हरूको सहभागीता रहेको थियाे । गोष्ठीले कम्तीमा भोलिको पुस्तालाई मुन्धुमको महत्व बुझाउने कालाकार तथा मुन्धुमका खोजकर्ता यासेली योङहाङले बताए । मुन्धुमकाे प्रचलन दिनानु दिन कम हुँदै गएको कारण खिईदै गएको र लिम्बु समुदायमा पनि मुन्धुम बारे फरक फरक बुझाइ बन्न थालेकाेले एकताको सन्देश दिनु पर्ने उनको भनाइ छ ।

लाेप हुँदै गएको मुन्धुम बारे जसको सवाल उसकाे अगुवाइको हिसाबले अगाडि बढ्नु पर्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनी भन्छन्, ‘नयाँ पुस्ता र पुरानो पुस्ताले मुन्धुम संरक्षणमा चासो देखाउन आवश्यक छ । सरोकारवालासँग मुन्धुमसम्बन्धी व्पयापक छलफल गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने यदि यसो नगरिए कागजीय रुपमा मात्रै सिमित हुनेछ ।’ 

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - २१:०७:१९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology