Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इटहरीका मेयरको फण्डा : जग्गाधनीलाई थाहा नदिइ पूर्वप्रधानमन्त्री बोलाएर अस्पतालको शिलान्यास

इटहरीका मेयरको फण्डा : जग्गाधनीलाई थाहा नदिइ पूर्वप्रधानमन्त्री बोलाएर अस्पतालको शिलान्यास

न्युज कारखाना

२, पौष २०७८
इटहरीका मेयरको फण्डा : जग्गाधनीलाई थाहा नदिइ पूर्वप्रधानमन्त्री बोलाएर अस्पतालको शिलान्यास
images

प्रकाश तिम्सिना, सुनसरी, २ पुस । गत मङ्गलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इटहरी-१७ स्थित लविपुरमा आँखा अस्पतालको शिलान्यास गरे । निकै तामझामका साथ शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री नेपालले अस्पताल अति संवेदशील विषय रहेकाले दुईवर्ष भित्रमा सम्पन्न गर्न आग्रह गरे । करिब २५ करोड लागत अनुमान गरिएको अस्पताल नेपाल नेत्र ज्योती सङ्घ, सेवा फाउन्डेसन तथा इटहरी उपमहानगरको सहकार्यमा बन्ने लागेको हो । 

images
images

१० कट्ठा क्षेत्रफलमा बन्ने अस्पताल २ वर्षमा बनाइ्सक्के योजना छ । तर, अचम्मको कुरा, जुन जग्गामा अस्पताल बन्दै छ त्यसका जग्गाधनीलाई भने यसबारे जानकारी दिइएको छैन । 

जग्गा खोजीको जिम्मा पाएको स्थानीय सरकारले जग्गा धनीलाई नसोधि पूर्वप्रधानमन्त्री ल्याएर अस्पताल शिलान्यास गरेको खुलेको छ । शिलान्यास पैनीको डिलमा गरिएको छ । पश्चिमतिर तत्कालीन हाँसपोसा गाविस ८(ख) हाल इटहरी १७ लविपुर (कित्ता नम्बर १७ र १५१) ठाकुर प्रसाद आचार्यको नाममा रहेको छ । त्यस्तै कित्ता नम्बर ११८ रेखा देवी अग्रवालको नाममा छ । यो जग्गा फणीन्द्र बहादुर ढकालले भोगचलान गर्दै आएका छन् । उनले जग्गा अरूकै नाम भए पनि सहमतिमा आफूले भोगचलन गर्दै आएको बताए । 

भोगचलन गरिरहेको जग्गामा त्यति ठूलो योजनाको काम अघि बढाउँदा आफूहरुलाई थाहा नहुनु अचम्मको विषय भएको उनले बताए । उनले इटहरी उपमहानगर प्रमुखले आफूले भोगचलन गरि आएको जग्गा द्वन्द्वकालमा माओवादीले कब्जा गरे जस्तो गर्न खोजेको आरोप लगाए । 

'म त छक्क परेँ, हेर्न पनि गएँ। जग्गाकै छेउमा शिलान्यास गरेको देख्दा अचम्म लाग्यो' उनले भने 'ठूलाले जे गर्दा पनि हुन्छ ? मेयर सा'बको जग्गामा मलाई शिलान्यास गर्न जाऊ भन्न खोज्नु भएको हो की ?’ 

उनले अहिले शिलान्यास गरेर केही नहुने भन्दै भोलिका दिनमा काम अघि बढाए एक्सनमा उत्रिने बताए ।

उक्त जग्गा ७ वर्ष अघि व्यापारिक समूहले खरिद गरेको थियो । जग्गामा ५ जनाको स्वामित्व रहेको छ । व्यापारी समूहले किनेको जो जग्गामा पार्टनरबीचमा विवाद रहेकोले अस्पताललाई दिने निर्णय नभएको जग्गा धनीमध्येका एक अशोक बगेडियाले बताए । उनले शिलान्यास भएको जग्गा आफूहरूको भएको बताउँदै दानसमेत नदिने बताए । 

उनले भने ‘हामीले जग्गा दिएका छैनौँ, व्यक्तिको जग्गामा सरकारले कब्जा गरेर अस्पताल बनाउँछ भने हामी न्याय माग्न जान्छौँ ।’ त्यस्तै अर्का पार्टनर जेपी अग्रवालले समूहमा रहेको जग्गा दिनेबारे आफूलाई केही जानकारी नभएको बताए । 

उनले इटहरी उपमहानगरले आँखा अस्पताल बनाउने भनेर शिलान्यास गरेको जग्गा आफूहरूको भएको र सो जग्गा बेच्दा पनि नबेच्ने बताए । आफूहरूले दान पनि नदिने र बेच्न पनि तयार नभएको उनको भनाइ छ । 

यता इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी जग्गा धनीसँग कुराकानी गरेर शिलान्यास गरेको दाबी गर्छन् । 
दुई वर्षअघि सल्लाह गरेको भए पनि काम गर्न ढिला भएको उनको तर्क छ । त्यहाँ जग्गाधनीले नदिए एक दुई/सय मिटर आसपास जग्गा किनेर भवन बनाउने चौधरीले बताए ।

उनले अस्पताल जस्तो संवेदनशील विषयमा आफू लागि परेको बताउँदै दुई करोड खर्च गरेर भए पनि आएको योजना बनाएर छोड्ने बताए । प्रमुख चौधरीले भने ‘दश कट्ठाको कति होर दुई करोड न हो । त्यस ठाउँमा दश कट्ठा हैन खोजी गरे एक बिघासम्म तयार गर्न सक्छु ।’

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - २०:४४:०० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology