Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बालबालिका प्रयोग गरेर लागूऔषध कारोबार

बालबालिका प्रयोग गरेर लागूऔषध कारोबार

इच्छाकामना न्युज

१८, पौष २०७८
बालबालिका प्रयोग गरेर लागूऔषध कारोबार

दाङ, १८ पुस । दाङमा आगूऔषध कारोबारमा बालबालिकाहरूको प्रयोग देखिएको छ । लागूऔषध कारोबारीहरूले महिना र बालबालिकाहरूको प्रयोग गरेको प्रहरीले बताएको छ । मुख्य कारोबारी नभेटिने र उनीहरूले कम उमेरकालाई बेचविखनका लागि परिचालन गर्ने प्रहरीले विभिन्न समयमा पक्राउ गरेको व्यक्तिहरूबाट प्रस्ट हुने गरेको छ । 

images

पछिल्लो समय प्रतिबन्धित लागूऔषधको कारोबार बढ्दै गएको छ । प्रहरीले दैनिक जसो जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध कारोबारीहरूलाई पक्राउ गरी उनीहरूलाई सार्वजनिकसमेत गर्ने गरेको छ । लागूऔषधको कारोबारमा २५ वर्षदेखि माथिको उमेर समूह सक्रिय बन्दै गइरहेका बेला पछिल्लो समय २० वर्ष मुनीका व्यक्तिहरूको प्रयोग बढ्दो देखिएको छ । किशोरकिशोरीसमेत लागूऔषधको कारोबारमा संलग्न हुन थालेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार प्रतिबन्धित लागूऔषध (ब्राउन सुगर) सहित दुई दिनमा तुलसीपुरबाट दुई किशोरी सहित पाँच जना  पक्राउ परेका छन् । भने पुस महिनामा मात्रै तुलसीपुर क्षेत्रबाट लागूऔषध कारोबार गर्ने करिब २४ जना व्यक्तिहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा ३ महिला र २ पुरुषलाई लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीय दिपु नेपाली, तुलसीपुर–६ बरुवागाउँ निवासी २४ वर्षीय उर्मिला चौधरी रहेका छन् । यसैगरी तुलसीपुर–६  बरुवा गाउँकै २९ वर्षीय रुद्रमणि पोखरेल शर्मा र तुलसीपुर–७  सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट ५ ग्राम ७सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:०१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology