Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या

महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या

न्युज कारखाना

२६, पौष २०७८
महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या
images

विशाल बस्नेत, महोत्तरी, २६ पुस । मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो  कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो । 

images
images

त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीया लक्ष्मीकुमारी  घरको धुरी बलोमा सलले पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । चौरासियाको मृत्युलाई पनि आत्महत्याकै सूचीमा नाम सूचिकृत गरियो । 

तुरुन्तै दुई दिनपछि जलेश्वर खैरागाउँकी १७ वर्षीया अमृताकुमारी साह पनि मृत अवस्थामा भेटिइन् । पंखामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी अमृताको  पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गरियो ।

उनीहरूको जस्तै आत्महत्याको सूचीमा राखिएका एक महिनाको अवधिमा १८ जना पुगेका छन्, जसमध्ये सात जना पुरुष र ११ जना महिला छन् । धेरैजसो अधबैंसे महिला छन् । महोत्तरीमा विगतका तथ्यांकलाई समेत केलाउँदा महिलाहरू नै किन आत्महत्या रोजिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार हरेक दुई दिनमा एक महिलाले आत्महत्या गरिरहेको छन् । धेरैजसो गरिबीको कारणले मृत्युवरण गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तर, आत्महत्यापछि घटनाको गहिराइसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म आत्महत्यामा दुरुत्साहनको आरोपमा कोही पक्राउ परेका छैनन् । 
यसले झन् महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको मानवअधिकार समबन्धी मुद्दामा खबवदारी गर्ने संस्था इन्सेकको ठहर छ ।

इन्सेक नेपालका प्रदेश प्रतिनिधि अजय साह गरिबी र जिवीकोपार्जनका लागी समस्या बन्दा कतिपयले आत्महत्याको बाटो रोजेतापनी धेरैलाइ आत्महत्या गर्न बाध्य पारिने गरेको बताउछन ।

विवाहित महिलाहरूको हकमा भने काहीँ न काहीँ आत्महत्या दुरुत्साहन नै जोडिएको जानकारहरू बताउँछन । दाइजो र छोरी जन्मेकै आधारमा कतिपय महिलाको मृत्युको कारण बनेको छ । 

तर, आत्महत्या गरिएका हरेकलाई प्रहरीले थप अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म कुनै घटनाको सत्यतथ्य बाहिर आउन सकेका छैनन् । समाजसास्त्रीहरूको अनुसार  आत्महत्या बहिष्करणको नै परिणाम हो ।

दाइजो, सामाजिक कुरीति तथा अन्धविश्वास, बेरोजगार, गरिबीको कारणले पनि आत्महत्या गर्नेको संख्या बढेको हो । मृत्युुबरण गरिरहेका हुन्छन । समाजसास्त्रीय दृष्टिकोणमा पुरुषभन्दा महिला बढी भावुक र संवेदनशील स्वभावका कारण आत्महत्याको छिटो निर्णय लिन पुग्छन् । 

मंसिरदेखि पुससम्मको तथ्यांक हेर्ने हो भने १८ वटा आत्महत्याका घटनामा  सात जना पुरुषले समेत आत्महत्या गरेका छन । तर, महिलाको तुलनामा यो संख्या न्यून हो । 

गत शनिवार एकैरात  तीन जनाले आत्महत्या गरे । जसमध्ये दुई जना पुरुष छन् । पिपरा गाउँपालिकाका रामसुन्दर यादव र गौशाला नगरपालिकाका विजय यादवले गाम्छाको पासो लगाई घरभित्रै आत्महत्या गरेको प्रहरीको रिपोर्ट छ । सोही राति बर्दिबास नगरपालिका–६ कि २६ वर्षीया सरस्वती शर्माले पनि विष सेवन गरी आत्महत्या गरिन् । मृत्युको घरायसी कारण भएको निष्कर्ष निकाल्दै प्रहरी थप अनुसन्धानमा जुटेको छ ।

एक महिनाको अवधिमा सवैभन्दा बढी बर्दिबास नगरपालिकामा आत्महत्या भएका छन् । बर्दिबास नगरपालिकाका विभिन्न ठाउँमा गरि ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १२:११:३९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology