Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तनहुँमा बुस्टर खोप दिन सुरु, आँबुखैरेनी गाउँपालिकामा माघ ७ गते लगाईने

तनहुँमा बुस्टर खोप दिन सुरु, आँबुखैरेनी गाउँपालिकामा माघ ७ गते लगाईने

तनहुँमा बुस्टर खोप दिन सुरु, आँबुखैरेनी गाउँपालिकामा माघ ७ गते लगाईने
images

तनहुँ, ५ माघ । तनहुँमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पुरा भएकालाई बुधबारदेखि बुस्टर खोप दिन थालेको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शंकरबाबु अधिकारीले बताए ।

images
images

बुधबार पहिलो दिन १३२ जनालाई बुस्टर खोप लगाइएको उनले जानकारी दिए । स्थानीय तहको स्वास्थ्य शाखामार्फत नै बुस्टर खोप अभियान चलाइएको उनले बताए । ‘पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, जनप्रतिनिधि, एम्बुलेन्स चालक, सञ्चारकर्मी लगायतलाई बुस्टर खोप दिँदैछौं’, उनले भने ।

पूर्ण मात्राको खोप लगाएकालाई बुस्टरका रूपमा तेस्रो खोप लगाइने उनले जानकारी दिए । अधिकारीका अनुसार अबदेखि बुस्टर खोपलाई निरन्तरता दिइनेछ ।

जिल्लामा एक लाख ७० हजार १७० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ६८ हजार ८६० जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको पखाइमा छन् । ३१ हजार ७६८ जना बालबालिकाले मोर्डना खोप लगाएको तथ्यांक छ ।  ३६ हजार ९५५ जनालाई मोर्डना खोप लगाउने लक्ष्य थियो ।

यस्तै, जिल्लामा कोरोना संक्रमणको ग्राफ दैनिक उकालो चढ्दो छ । बुधबार मात्रै एकै दिन ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २३० जनाको कोरोना परीक्षण गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

व्यासको कोभिड अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणबाट चार जना संक्रमित थपिएका हुन् ।  एन्टिजेनबाट ४५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  ३४ जना पोखरामा भएको परीक्षणमा संक्रमित पहिचान भएका हुन् ।

योसहित तनहुँमा २०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहर सुरु भएपछि तनहुँमा पाँच हजार ५५५ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । पाँच हजार २५१ जनाले कोरोनालाई परास्त गरेका छन् । १३० जनाको वैशाखयता कोरोना संक्रमणले ज्यान लिएको छ ।

यसैबिच तनहुँको आँबुखैरेनी गाउँपालिकामा माघ ७ गते शुक्रबार बुष्टर डोजको खोप लगाउने भएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गरेको हो। 

272087311_300336885454133_2106893012669965034_n.jpg

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - १८:५४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology