आँबुखैरेनी, ९ माघ । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा पूरा गर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका गण्डकी प्रदेशमा उत्कृष्ट १३ मा पर्न सफल भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोपको दोस्रो मात्रा पूरा गराउने पालिकातर्फ आँबुखैरेनी उत्कृष्ट १३ मा पर्न सफल भएको हो ।
प्रदेशभित्रका ८५ पालिकामध्ये उत्कृष्ट १५ भित्र परेर गाउँपालिका १३ औं हुन सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । उनका अनुसार गाउँपालिका भित्रका ९३.४ प्रतिशतले खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो मात्रा लगाउने अझै बढी छन् । सबैको सहयोगका कारण खोप अभियान सञ्चालन गर्न सफल भइएको र उत्कृष्ट घोषित हँदा काम गर्ने हौसला थपिएको उपाध्यायले बताए ।
उत्कृष्ट १५ भित्र पर्नेमा आँबुखैरेनी तनहुँको एकमात्र गाउँपालिका हो ।