Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

२० लाख खर्चेर आफन्तकाे सालिक निर्माण

२० लाख खर्चेर आफन्तकाे सालिक निर्माण

इच्छाकामना न्युज

२४, माघ २०७८
२० लाख खर्चेर आफन्तकाे सालिक निर्माण
images

तेह्रथुम, २४ माघ । साँगुडीगढी गाउँपालिका-५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गरेका छन् । 

images
images

नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेकाे व्यवस्थापक मानबहादुर इमेहाङले बताए । नवीनकुमारीको बुबा-आमा तथा हरिबहादुरको सासु-ससुराको स्मृतिमा सालिक निर्माण गरी अनावरण गरेका हुन् ।

सोही अवसरमा दुई वटा विद्यालयमा स्व. चहकमान हर्करोति छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको । छथर गाउँपलिका-४ फक्चामारा हक्पारामा रहेको जलकन्या आधारभुत विद्यालय र सिद्धगणेश माध्यमिक विद्यालयमा एक लाख ५० हजारको दरले अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको ब्याजबाट वार्षिक बसन्त पञ्चमीको दिन आर्थिक रुपमा कम्जोर असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरिने छ । 

 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १७:५५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology