Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सिन्धुलीमा जबरजस्ती करणी गर्ने महिला सहित २ जना पक्राउ

सिन्धुलीमा जबरजस्ती करणी गर्ने महिला सहित २ जना पक्राउ

इच्छाकामना न्युज

२५, माघ २०७८
सिन्धुलीमा जबरजस्ती करणी गर्ने महिला सहित २ जना पक्राउ
images

सिन्धुली, २५ माघ । सिन्धुलीमा जबरजस्ती करणी गर्ने महिलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार दुईजना फरार प्रतिवादिलाई पक्राउ गरेको छ ।

images
images

जिल्लाको हरिहरपुरगढी गाउँपालिका ३ बनौलिकि ४३ वर्षिया बुद्धिमाया घिसिङलाई जबरजस्ती करणी मुद्धामा प्रहरीले पक्राउ गरेको छ । घिसिङलाई जिल्ला अदालत सिन्धुलीको २०७७ साल पौष २७ गतेको आदेशले छ वर्ष केैद सजाय तोेकेको थियो । त्यस्तै, हरिहरपुरगाढी गाउँपालिका ५ का रमेश राईलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

उनलाई २०७५ साल साउन १२ को फैसलाले चोरी मुद्धामा एक महिना कैद र पाँच हजार एक सय रुपैँया जरिवाना तोकेको थियो । उनीहरु दुवै फरार रहेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । दुवैजनालाई अदालत सिन्धुलीमा बुझाइएको प्रवक्ता लामाले जानकारी दिनुभयो ।

 

 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १९:४३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology