Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

होटेल कामदार कोठामा मृत फेला

होटेल कामदार कोठामा मृत फेला

इच्छाकामना न्युज

२७, माघ २०७८
होटेल कामदार कोठामा मृत फेला
images

खोटाङ, २७ माघ । खोटाङमा होटेल कामदार कोठामा मृत फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटेलमा काम गर्दै आएका झापाको दमक नगरपालिका–१ का निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला परेका हुन् । 

images
images

बुधबार दिउँसो १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अबेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । 

मृतकको शव बिहीबार पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटेल कामदारको मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २०:२८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology