Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सप्तरीमा लागु औषधको कारोबार बढ्यो, सात महिनामा ५६ मुद्दा दर्ता

सप्तरीमा लागु औषधको कारोबार बढ्यो, सात महिनामा ५६ मुद्दा दर्ता

न्युज कारखाना

४, फाल्गुण २०७८
सप्तरीमा लागु औषधको कारोबार बढ्यो, सात महिनामा ५६ मुद्दा दर्ता

सुधा देव, सप्तरी, ४ फागुन । सप्तरीमा लागु औषध कारोबारमा वृद्धि भएको प्रहरीकाे तथ्या‌ंकले देखाएकाे छ ।  पछिल्लो पटक २९ माघमा  राजगढ गाउँपालिका- १ झुटकीका २४ वर्षीय शिवशंकर यादवलाई प्रहरीले लागु औषधसहित पक्राउ गर्‍याे ।  विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाइ राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो । 

images

६ माघमा छिन्नमस्ता गाउँपालिका-१ स्थित कोसी नहरबाट एक युवक र दुई किशोर पक्राउ परेका थिए। केही दिनअघिमात्र सदरमुकाम राजविराजस्थित गुलाव ग्यारेजबाट काठमाडौं लैजान तयार पारेको अवस्थामा ठूलो परिणाममा लागू ओषध फेला पर्‍याे ।

चालु आर्थिक वर्षमा ६३ जना लागु औषध काराेबारमा संलग्न भएकाे आराेपमा पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा १९ देखि ३० वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।

उनका अनुसार यसअवधिमा ५६ वटा मुद्दा दर्ता भइसकेको छ। खुला सिमानाका कारण लागु औषध कारोबार बढेको प्रमुख काफ्लेको भना छ । लागू औषध मधेस प्रदेशका जिल्ला, काठमाडौं तथा देशका ठूल्ठूला सहरमा ओसारपसार हुने गरेकाे प्रहरीकाे भनाइ छ। 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १८:२६:४१ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology