Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चरम गरिबिका कारण टाँकीको रुखमा झुण्डिएर चितवनकी विष्णुमाया चेपाङले गरिन् आत्महत्या

चरम गरिबिका कारण टाँकीको रुखमा झुण्डिएर चितवनकी विष्णुमाया चेपाङले गरिन् आत्महत्या

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
चरम गरिबिका कारण टाँकीको रुखमा झुण्डिएर चितवनकी विष्णुमाया चेपाङले गरिन् आत्महत्या
images

चितवन, ७ फागुन । कालिका नगरपालिका- १० छेरेबाङ नजिकै सुन्दराङकि ३८ बर्षिया बिष्णु माया चेपाङले गरिवीका कारण गए राती टाकीको रुखमा झुन्डिएर आत्महत्या गरेकी छन ।

images
images

३ छोरी ३ छोराको आमा बिष्णुका श्रीमान मजदुरीका लागि जिल्ला बाहिर गएका थिए भने जेठी छोरी करुणा चेपाङ गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइ कक्षा ५ मा अध्ययन गरि रहेकी छन् । आफ्नो उब्जनीको अन्नले एक महिना पनि खान नपुग्ने उक्त परिवारमा चरम गरिबी भएपछी आत्महत्या गरेको छेरबाङगाउँका दलबहादुर चेपाङले बताए ।

चेपाङ बस्तीमा यो बेला भोकमरी लाग्ने समय भएको र बालबच्चालाई खुवाउने कुरा नहुँदा यस अगाडी पनि चेपाङहरुले आत्महत्या गर्ने गरेको चेपाङ अभियान्ता केपी किरण शर्मा बताए । बिष्णुमायाले गरिबीका कारण आत्महत्या गरेको स्थानियले टेलिफोनमा बताएको शर्माले बताए । कालिकादैनिक बाट 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २२:००:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology