कति रमणिय थियो है त्यो पल , एउटा हातले ललिपप् र अर्को हातले आमाको नरम र मायालु हात समातेर खुसी खुसी हुदै स्कुलको गेटसम्म जाने र गेटमा पुगेपछी गेटभित्र जान नमानेर गेट अघिनै आमाको पछौरि तानेर भुइँमा नै सुतिदिने।खेलौना नपाएपछि लडिबुडि खेलेर माग्ने । अझ सानोमा साथिहरुसङ्ग सबै खानेकुराको खोल बटुलेर त्यसमा माटो भरेर पसले बन्न मज्जा को त कुरै छार्दिम् ।
अहिले हामीलाई भुत काल मा जाने मौका दिइयो भने सबै आआफ्नो बाल्यकालमा जान्थे होला तर त्यो सम्भव छैन। न पढ्नको चिन्ता न त आफ्नो भविष्यको नै पिर, कति मज्जाको र सुखमय थियो त्यो बालपनको जीवन । हजुरआमासङ्ग सुतेर कार्टून हेर्नुको त कुरै छोर्दिम्।अझै लाजको त कुरै नगरम् स्कुल बाट घर फर्कदा पाइन्ट सुकिलो कहिले हुन्थेन।अहिले त्यो पल सम्झदा आफैलाई हासो लाग्छ।सबैले माया त गरिहाल्थे, कहिलेकाही भनेको नमानेर कुटाई पनि खाइन्थियो।बेलुका बेलुका सबै साथी भेला भएर लुकामारी खेल्ने र आगनँँमा बसेर नच्नेको खुशी पनि बेग्लै थियो।
नुहाउने बेला पानीको डरले बारि बारि कुदेको सम्झनाले अहिले पनि तेस समयको पललाई ताजा बनाइदिन्छ।कतै पानी जमेको छ भने तेस पानीलाई घामले भन्दा पहिले हामी खेलेरनै सुकाइदिन्थियौ।चोट पटक त मामुलि कुरा नै थियो तर आमाको मायाले भरेको खाना आमाकै न्यानो हातले खादाँँ सबै थकान र धुखाइ भाग्थे। सानोमा त जे गरेनिहुन्थियो तर अहिले केइ गर्ने पाइदैन।
सानो को त्यो फोटो हेर्दा सबैलाई प्राय हासोनै लाग्छ होला तर मलाई चै होला होइन हो।हरेक चाडपर्ब हामीलाई पहिले आउथियो।बिदा त हरेक दिन बिदा नै हुन्थ्यो तर बिदा भनेपछि हुरुकै शुक्रबार आयो कि दशैं आएको जस्तो हुन्थियो। शुक्रबार स्कुलको छुटि भएपछि बाटोमा गित गाउदै घर जानुको मज्जा नै बेग्लै हुन्थियो!! अरुको घर जाने भन्ने बितिकै नयाँ लुगा लगाएर जाने उमेर पनि गयो। मामा घर जाने भने पछि त भुटुकै ।
सोजोपन भनम् कि मासुम्पन जे भने पनि बालपनको सम्झना छुट्टै हुदो रहेछ। फेरि त्यस्तो हासिलो , जोसिलो पन आउला कि न आउला तर त्यस पनको सम्झनाले हसिलो र जोसिलो दुबै पनलाई जगाई दिन्छ।