Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गरिवीको पीडा : उपचार नगरी अस्पतालबाट पर्काइए गिरी

गरिवीको पीडा : उपचार नगरी अस्पतालबाट पर्काइए गिरी

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
गरिवीको पीडा : उपचार नगरी अस्पतालबाट पर्काइए गिरी
images

खोटाङ, २८ फागुन । प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ । गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो । छिमेकी तथा आफन्तको सहयोगमा काठ्माण्डौं पु¥याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको छ । 

images
images

प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ । उनको हाल सिंगो शरीर चल्ननसक्ने अवस्थामा पुगेको छ । अचेत अवस्थामा मुढोझैं लडेका छन् । श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने र मुखबाट फिँज आउने गरेको छ । गिरीले अरुको भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र चार छोरीको लालनपालन गर्दै आएका थिए । 

आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो । तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो । केही समय आइसियुमा राखेपनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए ।

गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो । कांग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो । बिरामीलाई उपचारमा लगिएकोबेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ । थप १०÷१२ हजार सहयोग संकलन भएको कांग्रेस पालिका सभापति गिरीले बताए । ‘बिरामी निको हुँदैन भनेर होईन, उपचार गर्ने पैसा नभएर बिरामीलाई घर फर्काइएको हो,’ वडासदस्य रहेका गिरीले भने, ‘पैसा नहुँदा अकालमा मर्नुपर्ने जुन बिडम्वना छ, त्यसकै एउटा उदाहरण हो पहलमा ।’ 

प्रेसरले ढलेको केही समयपछि पहलमानलाई आफ्नै भतिजले फेला पारेका थिए । तर पहलमान नियमित मादक पदार्थ सेवन गर्ने गरेका कारण मातेर लडेको ठाने । परिवारले पनि मातेर लडेको ठाने । रातभरी नआएपछि भोलीपल्ट बिहान लिन जाँदा उनी गम्भीर अवस्थामा भेटिएका थिए । 

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - १५:२४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology