Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शुसुप्तता

शुसुप्तता

बि.बि. श्रेष्ठ

२०, मंसिर २०७७
शुसुप्तता

घामको पारिलो तापले तर्पिएको ज्यान सँगै मानसिकतामा आएको ज्वारभाटले संसारै जित्ने आभास सधै नै भईदियो । गतिको त्यो चलायमान सँगै मानसिकतामा आएको त्यो जितको आभासलाई कैद गर्ने चाहना प्रवल रहेता पनि त्यसलाई नियन्त्रण गर्न नसक्ने परिपाटीले जीवनको उर्वर समयहरु व्यतित हुदै गए । सुर्योदयको त्यो शक्तिले दिएको सोच सुर्यको किरण सँगै धुमिल हुदै जाँदा सोच पनि वादल लागे जस्तै । निरन्तरताको यो कसिमा वग्न नसक्दा देखिएको त्यो ज्वारभाटले साच्चै नै जीवन पनि धर्मराउदै गईदियो । सोचको कसिमा पनि साँच्चै वातावरणीय प्रभावले महत्वपुर्ण भुमिका खेल्दोरहेछ । व्यतित गरेक पलले यो सवै सोच्न वाध्य वनाईदियो । यथार्थको कसिमा उभिएर सोध्न मन लाग्यो, जीवन कति सार्थक ? कुनै पनि कोण वाट सफलताको मापन भित्र नपर्ने आधारस्तम्भ नपाएपछि सोचको त्यो ढुलमुले विचारमा पनि विर्को लाग्दो रहेछ र जीवनको मुल्य र मान्यताको खोजीको विषय वन्दो रहेछ । यहि खोजीको अवशेषले दिन र रातको यो प्रहरलाई झकझकाईदियो । मन अस्थिर र चंचलको कारण वनिदियो । 
 फुल फुल्ने र ओईलाउने क्रम भईरहयो, नदिको वहाव घटवढ भएता पनि त्यसको निरन्तरता भईरहयो । प्रकृतिले मानव जीवनमा पनि धावाँ वोलिरहयो । आफनो नियमनमा वाधिरहयो । निरन्तरताको उपजमा देखिने उतारचढावका वीचमा खोजिने श्रेष्ठता हासिल गर्न सहज नहुने रहेछ । भागको भोग भने झै जीवन वहाउने विकल्पहीन यात्रामा होमिनुपर्ने निशर्त होमिनुपर्नेमा फरकपनको आभास खोज्नुभएको शुशुप्ततामा रमाउने अभिष्ठ भन्दा पृथक रहेनछ । 
 भौतिक पदार्थको घर्षणमा आउने कम्पनले पनि आफनो उपस्थितीको आभास पाएपछि जीवन पनि उथुलपुथुल वनिदियो । क्रियात्मक प्रतिक्रियात्मक उपज खोज्ने सोचमा देखिएको विविधताले साँच्चै जीवनमा धेरै प्रश्नहरु सोधिदियो, जीवन क्रियात्मक र प्रतिक्रियात्मक कुनै पलमा देखियो कि देखिएन ? वहने हावाको स्वभाविक क्रियात्मकता र त्यसले दिने प्रतिक्रियालाई खोज्ने दुस्साहसका वीचमा जीवनका उपलव्धी खोज्ने सोचले साँच्चै वाँच्न दिदैन रहेछ, मानसिकतामा देखिएको कम्पन यसैको उपज नै हो ।  विषयवस्तु र वातावरण फरक हुन सक्दछ, सारमा प्रश्न यहि वनिदियो । यहि अमुक प्रश्नको जंजालमा फसेको जीवन असहज वनिदियो । उम्कन नसक्ने यो परिधिको जंजालमा फस्ने निश्चित हुदाँहुदै प्रश्न सोध्ने आँटले जीवन थप जटिल वनिदियो । समाधानमा हैन समस्यामा जीवन खोज्ने धृष्टताले मस्तिष्कका शिरालाई उथुलपुथुल वनाईदियो । 
 चकमन्नताको त्यो शुन्यतामा समेत निरन्तरताको प्रतिविम्व राज गरिरहेको हुँदोरहेछ । विन्दुत्वको महत्व अलौकिक रहेछ । कहिल्यै नरोकिने घटामा प्रक्रियालाई नै रोक्ने दुस्साहस निरन्तर भएपछि स्वत पछि परिने अवस्था नै समान्य रहेछ । यहि समान्यतालाई आत्मासात गर्नेहरु खुशी देखिए, जुन असंख्य रहे । जसले सामान्यतालाई आत्मासात गर्न सकेन, पृथकता खोज्ने नाममा कलंक र पागल ठहरिए । पृष्ठभुमिको ज्ञान पनि स्वभाविकतामा खोज्नुपर्ने रहेछ, अस्वभाविकता र प्रतिकुल अवस्था एवं वातावरणमा खोज्ने दुस्साहस भनेको मुर्खता रहेछ, त्यहि मुर्खतामा वाँच्न किन यति धेरै प्रयासरत वने होला ? अनुत्तरित प्रश्नहरुले जीवन नै ढाकिदियो । 
 कर्म र क्रिया निरन्तरताको उपज सहज हुदोँ रहेछ, त्यस भन्दा पृथकतामा वग्ने सोच भनेको असमान्य हो रहेछ । भौतिकता र मानवता धर्तिका एउटा अंश मात्र रहेछ । त्यहि अंशलाई सर्वश्व सोच्ने मानसिकताले जीवन नै गाँजेको हुदाँेरहेछ । त्यहि चेतनाका अचेतन संस्कृतिलाई विविधिकरण गर्न नसक्नु भनेको मानवको सवैभन्दा ठुलो कमजोरी रहेछ, त्यहि कमजोरीतालाई नै सफलता ठानेर हामीहरु श्रेष्ठता उपलव्ध पाउने होडमा दौडिरहेका रहेछौ । 
निर्जिवताको समेत अस्तित्व हुन्छ भन्ने मानसिकताले गाँजेको यो मानसपटलमा सजिवतामा अस्तित्व खोज्ने धृष्टता अस्वभाविक हैन । तर त्यो प्राप्त गर्न नसक्ने परिणाममा पछि लाग्दा आईपर्ने समस्या वायुको गति भन्दा अविरल हुन्छ भन्ने जान्दा जान्दै किन यो मस्तिष्कवाट हटेन ? प्रश्नको जवाफविहिनतामा यो सोच घोत्लिएर जीवन रित्तिन परेपनि हट्ला जस्तो कदापी लागेन !

images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०८:४५:१५ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology