Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवनमा श्रीमानलाई आत्महत्या गर्न बाध्य पार्ने श्रीमती पक्राउ

चितवनमा श्रीमानलाई आत्महत्या गर्न बाध्य पार्ने श्रीमती पक्राउ

इच्छाकामना न्युज

२५, चैत्र २०७८
चितवनमा श्रीमानलाई आत्महत्या गर्न बाध्य पार्ने श्रीमती पक्राउ
images

चितवन, २५ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा चितवनको भरतपुरबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार भरतपुर ८ दुर्गाचोक बस्ने मिरा सुवेदीलाई पक्राउ गरिएको हो ।

images
images

उनका श्रीमान् ४२ वर्षीय उत्तम सुवेदी चैत २४ गते विहान साँढे ६ बजेतिर आफ्नै घरको भान्सा कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएका थिए । घाँटीमा बिजुलीको तार लगाएर झुण्डिएको खबर पाएपछि प्रहरी पुगेको थियो। घटनास्थल मुचुल्का लगायतको कार्य सम्पन्न गरेर शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

मृतकको दाजुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकोले नियन्त्रणमा लिएर चितवन जिल्ला अदालतवाट म्याद थपको अनुमति प्राप्त गरि थप अनुसन्धान जारी रहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

 

 
 
 

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २१:४५:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology