चितवन, ११ वैशाख । मानव अधिकार तथा शान्ति समाज चितवनले १६ औं लोकतन्त्र दिवसको दिन दीप प्रज्वलन गरेको छ। समाजले भरतपुरको चौबिसकोठीमा आज सााझ १६ वटा मैनबत्ती बालेर दीप प्रज्जवलन गरेको हो।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय सचिव राजेन्द्र पौडेल, काहुराष्ट्रका केन्द्रीय सचिव बिनोद खण्ड तिम्मल्सिना, समाजका केन्द्रीय सचिव बाबुहरी आचार्यले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष भुमि शर्मा पौडेल, कोषाध्यक्ष भवनी अधिकरी, सदस्यहरु जीवन के.सी., संसार चन्द्र न्यौपाने, रबिन खतिवडा, रीतु न्यौपाने, आजिवन सदस्य बोधराज शर्मा पौडेल, किरण राउत, झलक प्रसाद अधिकारी, दधिराम चापागाईं, मोती प्रसाद अधिकारि, गणेश पौडेल, शिव राम अधिकारी, सन्देश सापकोटा, गौरव खतिवडा, सुजन सुवेदी लागायतको उपस्थित थियो भने कार्यक्रमको सभापतित्व सभापति शम्भु राउतले गर्नुभएको थियो।