Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

लमजुङमा स्थानीय तह निर्वाचनका लागि खटिए ९८७ म्यादी प्रहरी

लमजुङमा स्थानीय तह निर्वाचनका लागि खटिए ९८७ म्यादी प्रहरी

इच्छाकामना न्युज

१६, बैशाख २०७९
लमजुङमा स्थानीय तह निर्वाचनका लागि खटिए ९८७ म्यादी प्रहरी
images

लमजुङ, १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ९८७ म्यादी प्रहरी खटिएका छन् ।

images
images

म्यादी प्रहरीमा आवेदन दिएका दुई हजार ६३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् ।

जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३९६ जना महिला छन् ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिइ शारिरीक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनोट गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - ०७:४७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology